एम्स फ्रेसरको उपाधि सनोज र प्रशंसालाई

  • भदौ २६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर/ एम्स कलेजको आयोजना भएकोे मिस्टर एण्ड मिस फ्रेसरको उपाधि छात्रबाट सनोज राई र छात्राबाट प्रशंसा तामाङले जितेका छन ।
कलेजमा ११ कक्षामा अध्ययन गर्न आएका नयाँ विद्यार्र्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्य राखेर प्रत्येक बर्ष आयोजना गरिदै आएको प्रतियोगितामा सातौ मिस्टर एण्ड मिसेस फ्रेसरको विजेता छात्रतर्फ शनोज राई र प्रशंसा तामाङले जितेका हुन् ।

प्रतियोगितामा छात्रतर्फ सुशान्त श्याङवोले फस्ट रनरअपसँगै बेष्ट फोटोजेनिक टाइटल अवार्ड समेत जितेका छन् । सन्देश राईले सेकेन्ड रनरअपसँगै पपुलर च्वाइज र बेष्ट ट्यालेन्टको अवार्ड समेत जितेका छन् । प्रतियोगितामा वेष्ट स्माईलमा सुरज राई, बेष्ट फ्रेन्डसिपमा सविन तामाङ, बेस्ट एक्टिभमा आलोक सुवेदी, बेस्ट वाकमा शौरभ भुजेल, बेस्ट डिसिपिलिनमा आयुष खडका, वेष्ट ड्रेसमा शनोज राइले अवार्ड जितेका छन् । यसैगरी छात्रातर्फ फस्ट रनरअप आर्या डोल्मा तामाङ र सेकेन्ड रनरअप प्रतिक्षा शाक्यले जितेकी छन । छात्रा तर्फको उपाधि विजेता तामाङले मिस फ्रेसेरको उपाधिसँगै वेष्ट फोटोजेनिकको अवार्ड समेत हात पारेकी छिन् । त्यसैगरी बेस्ट स्माईलमा श्वता श्रेष्ठ, वेस्ट फ्रेन्डसिपमा सविना मोक्तान, पपुलर च्वाजमा शुरक्षा बस्नेत, बेस्ट वाकमा आशिका कार्की, बेस्ट एक्टिभमा निधिमा राई, बेस्ट ड्रेसमा प्रतिक्षा लिम्बूले अवार्ड जितेका छन ।

प्रतियोगितामा ९ जना छात्रा र ८ जना छात्र गरि १७ जना विधार्थीहरुले सभागिता जनाएका थिए । प्रतियोगिताको निर्णयकमा सञ्चारकर्मी भोजराज श्रेष्ठ, मिस पुर्वअञ्चल २०१९ कि सेकेन्ड रनरअप सिम्रन लिम्बू र सुनसरी पत्रकार महासंघका पुर्व सभापति अमर खड्का रहेका थिए । प्रतियोगिताको सभापतित्व एम्स एकेडेमीका संञ्चालक समितिका अध्यक्ष प्रकाश राइले गरेका थिए ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved