धरान / प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको प्रतियोगितामा पुरुष तर्फ धरान मेघा हिमालयन कलेज, धरान सिटी कलेज, राष्ट्रिय जनसेवक कलेज इटहरी र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोड सेमिफाइनल प्रवेश गरेका छन् । सोमबार भएको क्वाटरफाइनल खेलमा राष्ट्रिय जनसेवकले युएन नवोदयलाई ५४– ३० अंकले र आदर्श स्कुल बिर्तामोडले इन्जिनियर क्याम्पस धरानलाई ४२ –२२ अंकले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् । खेलमा राष्ट्रिय जनसेवक र युएन कलेजले प्रत्येक क्वाटरमा १२–६, १३–८, १२–५ र १७–११ अंक जोडेका थिए । यसै गरि दोस्रो खेलमा अदर्श स्कुल बिर्ताम
धरान / व्यस्त जीवनशैली, अस्वस्थ खानपिनसँगै व्यायमको अभावका कारण दिनप्रतिदिन शारीरिक तथा मानसिक रोगीको संख्या बढ्दै गएपछि धरान उपमहानगरपालिकाका वडाहरुले स्वास्थ्य जीवनयापनको लागि धमाधम व्यायामशाला निर्माण गर्न थालेका छन् ।धरान उपमहानगरपालिका वडा नं. १३ बाट सुरु भएको यो अभियान त्यसपछि धरान १८, धरान १४, धरान ७ मा खुल्ला व्यायामशाला निर्माण भएका छन् । पछिल्लो समय धरान १६ ले समेत व्यायामशाला निर्माण गरेको छ ।धरान उपमहानगरपालिका वडा नं. १६ ले धरान रंगशालाको गेट अगाडि व्यायामशाला निर्माण गरेको हो । व्यामशालाको उद्घाटन धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङले गरेका छन् । स्वस्थ जी
विजयपुर / धरान बजारको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि धरान उपमहानगरपालिकाले यसको व्यवस्थापन गर्न एकतर्फी प्रणाली लागू गरेको छ ।धरानमा दैनिक बढ्दै गएको सवारी साधनको चापलाई मध्यनजर गर्दै यसको नियन्त्रण गर्दै अस्तव्यस्त ट्राफिक व्यवस्थापनका लागि धरानमा एकतर्फी प्रणाली सोमबारबाट गरेको होे । लागू गर्नुभन्दा पहिला धरानको भानुचौकमा एक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमपश्चात धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीषक श्यामकुमार बस्नेत, इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराई, सशस्त्र प्रहरी टोली, जनपथ प्रहरी ट
विजयपुर / धरान उपमहानगरपालिका वडा नं. १७ को एक घरमा ग्याँस विस्फोट हुँदा आठ जना घाइते भएका छन् । धरान १७ रेल्वेस्थित आदर्श चौकमा सोमबार करिब ५ बजेतिर ग्याँस विस्फोट भएको थियो ।स्थानीय सविता राईको घरमा ग्याँस विस्फोट भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । राईको घरमा डेरा गरी बस्ने अञ्जना राईले ल्याएको कोशी ग्यास जोड्ने क्रममा ग्याँस लिक भएको थियो । कोशी कम्पनीको सो ग्याँस जोड्ने क्रममा विस्फोट भएको हुनसक्ने इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिएका छन् । स्थानीयका अनुसार ग्याँस लिक भएपछि बनाइदिन कोशी ग्याँसका कर्मचारीलाई अन्जनाले आग्रह गरेपछि कर्मचारी अनिश कार्की र ब
धरान/युवाकवि उत्तम लिम्बूको एकल कविता वाचन कार्यक्रम आइतबार यहाँ सम्पन्न भएको छ । कार्यक्रममा उनले करिब डेढ दर्जन कविता सुनाएका थिए । ४०–५० जना स्रोता भएको सभाकक्षमा उनले कविता सुनाउँदा स्रोताहरू शान्त भएर ध्यानस्थ थिए । समसामयिक राजनीतिका विकृति र जीवनका विसङ्गतिहरूलाई चोटिला शब्दमा प्रस्तुत गर्न सिपालु लिम्बूले समकालीन जीवनका विविध भोगाइहरू पनि कवितामार्फत् व्यक्त गरे । कार्यक्रममा उनका कविताहरू कवि करुणा राई, छविना लुङ्गेली मगर र तीर्थराज विश्वकर्माले पनि सुनाएका थिए । कार्यक्रमको चाँजो पाँजो सिर्जनशील सामाजिक युवा समूहले मिलाएको थियो । समूहकी वरिष्ठ उपाध्यक्ष समीक्षा छिलिङ राईको अध
मोरङ / पुल निर्माण गर्ने एजेन्डा बोकेर अमनलाल मोदी मोरङबाट दुई पटक साँसद बने । दुई पटक सांसद बन्दा उनले यही पुल निर्माणको एजेन्डालाई प्राथमिकतामा राखेका थिए । पुल भने अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । आइतबार उनले सो पुलको निरीक्षण गर्दै सिंघिया खोलाको पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन समेत दिए ।गत मंसिर ४ गते भएको संघीय निर्वाचनमा सांसद बनेर मन्त्री बनेका मोदीले आइतबार विराटनगरमा आएर निर्देशन दिएका हुन् उनले भने– ‘यो पुल सिंघया पुल छेउछाउमा बासेबास गर्ने तथा मोरङबासीको लागि अति आवश्यक छ, मैले यो पुल निर्माण गर्छु भनेर दुइपटक चुना
धरान / खेलकुदकाे विकासमा सरकारले बजेट छुट्याएको छ तर खेलकुदका गतिविधि चलायमान बनाउँदै आएका क्लबहरुले भने सरकारी स्तरबाट पर्याप्त बजेट नआएको गुनासो पोख्दै आएका छन् । वर्सौँदेखि खेलकुदलाई चलायमान बनाउँदै लगेका क्लबहरुले अहिले पनि रकम जुटाएर प्रतियोगिताको आयोजना गर्ने गरेका छन् । यसको प्रत्यक्ष उदाहरण हो धरान फुटबल क्लब । करिब तीन दशक अघि क्लब गठन गरेर पूर्वमा फुटबलको जग बसाल्ने काम गरेको क्लबले अहिले पनि सहयोग मागेरै बुढासुब्बा गोल्डकप सञ्चालन गर्नुपर्ने अवस्था रहेको छ । कोरोना तथा स्थानीय निर्वाचनका कारण दुई बर्ष प्रतियोगिता गर्न नसकेको अन्तर्राष्ट्रिय अमन्त्रण बुढासुब्बा गोल्डकपले
मोरङ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन नभएका व्यक्तिलाई खेल क्षेत्रमा नबस्न आग्रह गरेका छन् । खेलकुद क्षेत्रको विकास गर्ने हो भने अनुशासन र इमान्दारिता हुनुपर्ने बताएका हुन् । कुनै ओहदामा भएर मात्र कसैले ताज र गोल्डेन बुट नपाउने भन्दै ओलीले इमान्दारीताको साथ कर्मले सफता प्राप्त हुने बताए । विराटनगरमा आइतबारदेखि सुरु भएको नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले पद लोलुपता नराखी उत्कृष्ट काम गर्ने लक्ष्य राख्नुपर्नेमा जोड दिए । उनले भने ‘कामले पद दिन्छ, काम गर्न सक्नु भएन भने पद जान्छ, उनले भने, पद क्षणिक हुन्छ कामले तपाईलाई जीवन पर्यन्त सम्झाइरहन्छ ।&
धरान/धरान मेघा हिमालयन कलेजमा होटल व्यवस्थापन सङ्कायतर्फ कक्षा १२ मा अध्ययनरत् विद्यार्थीहरू विशेष जापानी परिकार बनाउने कला सिक्न नेपालकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा जाने भएका छन् । विद्यार्थीहरूको टोली बुधबार (फागुन ९) त्यसतर्फ प्रस्थान गर्ने मेघाका होटल व्यवस्थापन सङ्काय प्रमुख पोषण श्रेष्ठले जनाए । उनीहरूलाई होटल व्यवस्थापनमा उत्कृष्ट प्रयोगात्मक प्रशिक्षण दिने गरेको कलेजमा लगिने श्रेष्ठले बताए । पाठ्यक्रममा समावेश प्रयोगात्मक कार्यबाहेक वाइन सेंसोरी (वाइन मेकिङ), बारटेन्डिङ कार्यशाला, वाइन कार्यशालाजस्ता विशेष प्रयोगात्मक कक्षा सञ्चालन गरिरहेको कलेजमा लगिनेछ । उनीहरूलाई नेपालकै प्रसिद्
धरान/धरान–१८ स्थित माउन्ट हर्मोन एकेडेमीका विद्यार्थीहरू शुक्रबार साँझ शान्तियात्रामा सहभागी भएका छन् । केही दिनअघि टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका हजारौँ नागरिकहरूको आत्माको चिर शान्तिको कामना गर्दै उनीहरूले हातमा बलेको मैनबत्ती बोकेर शान्तियात्रा गरेका हुन् । विद्यालय प्राङ्गणबाट सुरु भएको यात्रा बुद्धचोक, रत्नचोक हुँदै विद्यालयमै पुगेर टुङ्गिएको थियो । शुक्रबार नै सुरु भएको दुईदिने चौथो हर्मोनिज स्काउट क्याम्पको क्रममा उनीहरूले शान्तियात्रा गरेका हुन् । त्यसपछि सुरु भएको ‘क्याम्प फायर’ को उद्घाटन नेपाल स्काउटकी राष्ट्रिय प्रशिक्षक निर्मला अधिकार