धरान । इलामको फाकफोकथुम गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्ययक्रम अन्र्तगत दुईसय ४० जनाले रोजगारी पाएका छन् । गाउँपालिकाको तथ्याङक अनुसार सुचिकृत बेरोजगारको संख्या चारसय ४७ रहेकोमा दुईसय ४० जनाले रोजगारी पाएका हुन । सुचिकृत भएका तीनसय २१ पुरुष र एकसय २६ महिला रहेकामा दुईसय ४१ लाई रोजगारी पाएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका संयोजक दिपक राईले बताए । नेपाल सरकारको अनुदान अन्र्तगत एकसय ६३ जना र विश्व बैकको अनुदान अन्र्तगत ७८ जनाले रोजगारी पाएका हुन । जसमा नेपाल सरकार अन्र्तगत १३ हजार पाँचसय ४७ दिन र विश्वबैक अन्र्तगत छ हजार छ सय ६० दिन रोजगारी पाएका थिए । पालिकामा सञ्चालन भएका २७ वटा योज
धरान । माइृजोगमाई गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको प्रचार हुन नसक्दा यहाँका पर्यटकीय क्षेत्र ओझेलमा रहेका छन । गाउँपालिकाभित्र विभिन्न पर्यटकीय क्षेत्र भएपनि प्रचार हुन नसक्दा पर्यटक भित्र्याउन नसकिएको हो । गाउँपालिकामा पोखरी, मठ मन्दिर, झरना र एसियामै पहिलो पटक बनेको गुम्बादेखि लिएर सूर्योदय र सूर्यअस्त देखिने थुम्के जस्ता ठाउँ भए पनि प्रचार हुन नसक्दा पर्यटकलाई आकर्षित गर्न नसकेको हो । प्रकृतिक रुपमा धनी भएर पनि गाउँपालिकामा भएका क्षेत्रलाई विकास गरेर लाभ लिन नसकिएको माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेवेले जानकारी दिए । इलाम पर्यटकीय क्षेत्रको रुपमा चर्चित रहे यहाका पर्यटन प्रव
धरान । कक्षा ११ भर्नाका लागि युएन नवोदय कलेजले प्रवेश परीक्षा लिएको छ । धरान–१६ मा रहेको कलेजले एसइइ.उत्तीर्ण गरेका विद्यार्थीहरुलाई कक्षा–११ मा नया भर्नाका लागि शनिबार प्रवेश परीक्षा लिएको हो । कक्षा सञ्चालन भने साउन २९ गतेबाट हुने कलेजले जनाएको छ । विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको युएन नवोदयमा प्रवेश परीक्षा दिनका लागि एसइइमा राम्रो अंक ल्याएर पास गर्ने अब्बल विद्यार्थी सहभागी रहेको कलेजका प्रिन्सििल डम्बरकुमार तुम्पाफोले बताए । उनले भने–‘प्रवेस परीक्षामा एसइइ. स्टेट–१ सिङ्गिङ आइडलका बिजेता, डान्सिङ आईडलका बिजेता, एसइइ.स्पिकरका बिजेता, जिल्ला टपर,
धरान । कतिपय शल्यक्रिया जटिल हुन्छन् । चिकित्सकका लागि पनि यस्ता शल्यक्रिया गर्दा चुनौति हुन्छ । यसप्रकारको शल्यक्रिया जोखिम मोलेर गर्नुगर्ने हुन्छ, शल्यक्रिया गर्दा कति सफल हुन्छन् त कति असफल पनि हुन्छन् । तर धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक विरामीको चिकित्सकले जटिल प्रकारको शल्यक्रिया गरेर विमारीलाई ज्यान जोगाइदिएका छन् । उनी थिए सप्तरीका ५५ बर्षीय एक पुरुष । उनको पछिल्लो भागमा रहेको ९ किलोको ट्युमर चिकित्सकहरुले सफल शल्यक्रिया गरेर निकालि दिएका छन् । असार ३१ गते प्रतिष्ठानमा भर्ना भएका उनको साउन ९ गते सफल शल्यक्रिया भएको हो । चिकित्सका अनुसार उनकोे पेटको पछि
धरान/ प्रदेश १ का पूर्वप्रदेश प्रमुख प्राडा गोविन्द सुब्बाले प्राचीन पूर्वीय साहित्यमा सम्भ्रान्त र माथिल्लो वर्गका व्यक्ति मात्र नायक हुने गरेकामा अहिले त्यस्तो परम्परा भत्काइएको धारणा व्यक्त गरेका छन् ।आज यहाँ आयोजित एक कार्यक्रममा बोल्दै प्राडा सुब्बाले पछिल्ला साहित्यमा सर्वसाधारणलाई नायक–नायिका बनाउन थालिएको उल्लेख गरे । कवि पराजित पोमूको सम्पादनमा प्रकाशित काव्यकृति ‘इतर कविता’ बारे भएको विमर्श कार्यक्रममा उनले साहित्यमा आएको यो परिवर्तन महत्तवपूर्ण भएको बताए । ‘इतर कविता’ मा सङ्कलित कविताहरूले किनारीकृत समुदायका आवाजलाई मुखरित बनाएको विमर्शमा सहभागी
धरान । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपि पालुङवाले सुवास नेम्माङसँग चुनाव लड्ने घोषणा गरेका छन् । विहीबार इलाम सदरमुकाममा पत्रकार संमेलन गरी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षमा इलाम क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने घोषणा गरेका हुन । २० वर्षदेखि पटक पटक चुनाव जितेका नेम्बाङलाई अब जनताले नपत्याउने भन्दै आफूले उम्मेद्वारी घोषणा गरेको बताएका छन् । गत निर्वाचनमा पनि नेम्बाङसँगै प्रतिस्पर्धा गरेका पालुङवाको मत प्रतिस्पर्धामा आउन सकेको थिएन । पहिलो निर्वाचनमै फराकिलो अन्तरले पराजित भएर पनि पुन ः त्यही क्षेत्रमा किन उम्मेद्वारी दिनुभएको भन्ने पत्रकारकमो प्रश्नमा पालुङवाले धरानका मेयर हर्कसांङ
धरान । इलामको सन्दकपुर गाउँपालिका २ का वडाध्यक्ष सोनाम राईले सन्दकपुर गाउँपालिकामा आएका पर्यटक बाटोमा हिडिरहँदा शौचालयको चावी समेत नदिएको गुनासो आएको बताए । उनले पर्यटनको कुरा गछौ तर एक पटक आएको पर्यटक अर्को पटक नआउने बनाएर पठाएपछि पर्यटनको विकास नहुने भन्दै साना कुरामा जिम्मेवार नबने सम्म पर्यटन विकास नहुने बताउँछन । सन्दकपुर महासँघ गाउँपालिका होमिस्टे इलामका अध्यक्ष जीवन शिवा पर्यटक आएपनि आएका पर्यटक राखेर संस्कार दिन नसकेको गुनासो गर्छन् । आएका पर्यटकलाई गरिने संस्कारमा कहिँ न कँहि चुकेको कारण एक पटक आएका पर्यटक फर्किँदा गुनासो गर्ने गरेको बताउँछन । पर्यटन व्यवसाय बढाउने हो भने प्रत्येक पाल
धरान । अनेरास्ववियु (क्रान्तिकारी) मोरङले उत्पादनसँग अखिल क्रान्तिकारी भन्ने नाराका साथ तीन महिने अभियान सुरु गर्ने भएको छ । मोरङको विराटनगरमा बिहीबार एक कार्यक्रम गरी अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहले अभियानको उद्घाटन गरेकी हुन् । क्रान्तिकारीले बदामका १ हजार विरुवा, अश्वगन्धाको १ हजार विरुवा उत्पादन गरेर विक्री गर्ने बताएको छ । क्रान्तिकारीका केन्द्रीय सदस्य टेकेन्द्र क्षेत्रीले मोरङको मिक्लाजुङ, केराबारी, मधुमल्लाको माथिल्लो क्षेत्रमा ओखर खेती गर्ने, एभोकाडोलगायतको विरुवा उत्पादन गर्ने, माटोको परीक्षण गर्ने जानकारी दिए । उनले प्रस्ताव गरेको कार्ययोजनामा स्थानीय निकायमा अ
धरान । धरान उपमहाानगरपालिकामा बराह बचत तथा ऋण सहकारी संस्था लिको विषयलाई लिएर धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले फेसबुक स्टाटसमा उल्लेख गरेको कुरालाई लिएर राजनीतिककरण तथा जातीय विभेद बढाउन खोजेको भन्दै पूर्व उपमेयर एवम् एमाले नेतृ मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छिन् । बराहका पीडित समस्या समाधानको माग गर्दै नगरपालिका कार्यालय पुगेर जानकारी गराउने क्रममा झडप उत्पन्न भएपछि नगरप्रमुख राईले घटनालाई मोडेर राजनीतिक रंग दिएपछि नेकपा एमालेले यस विषयमा तीन दिन अगाडि प्रष्ट पार्दै विज्ञप्ती नै जारी गरेको थियो । तर विहीबार घट्नालाई म
धरान । धनकुटाको ६ न. बुधबारेमा भेडेटार– रवि–राँके सडक योजना समयमै सम्पन्न भएको भन्दै काम सुचारु गरेर चाडै सम्पन्न गर्न प्रदेश नं. १ का प्रदेश सांसद, संघीय संसदलहरुले सरकारलाई ध्यानाकर्षण गराएका छन् । उनीहरुले पटक पटक म्याद थप गर्दा पनि समयमै सडक खण्डको काम नसिएको भन्दै ठेक्का रद्ध गरी ठेकेदार कम्पनीलाई कालोसूचिमा राखेर नया प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्बाङ, पाँथरबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बसन्तकुमार नेम्बाङ, धनकुटाका प्रतिनिधिसभा सांसद राजेन्द्रकुमार राई, सुनसरीबाट प्रतिनिधिसभा सांसद जयकुमार राई, मोरङबाट प्रतिनिधिसभ