जलाधार क्षेत्रको संरक्षण भएन

  • असोज १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान भौगोलिक हिसाबले अन्य स्थान भन्दा पृथक छ । धरान क्षेत्रभित्रै धेरै जलाधारहरु छन् ।

सर्दु, खर्दु, तामाखाम लगायतका जलाधारहरु छन् । जलाधार भएकै ठाउँमा खानेपानीको अभाव समेत छ ।

खानेपानी समस्या हुनुको प्रमुख कारण रहेको छ जलाधार क्षेत्रको संरक्षणमा सम्बन्धित पक्ष गम्भीर नहुनु ।

धरान उपमहानगरपालिकाको शिर धरान १४ विजयपुरलाई लिईन्छ ।

धरानमा सुख्खा मौसममा खानेपानी अभाव भइरहँदा धरान ३ र १४ मा रहेको दुई धारे र तीनधारेले धरानेहरुको तीर्खा मेट्ने गरेको छ । यी दुई धारामा पानी यही उम्रिएका हुन् । दुई धारे र तीनधारेमा विगतमा पानीको स्रोत जति थियो अहिले संरक्षणको अभावमा विस्तारै सुक्दै गएको छ ।

यी दुई क्षेत्र धरान उपमहानगरपालकाको २ र ३ नम्बर वडाको संगम स्थलमा पर्छ ।

धाराको संरक्षणमा यी वडाहरुले समेत बजेटको अभाव देखाएर पन्छिने गरेका कारण धरान १४ को जलाधार क्षेत्रमा रहेको दुईधारे र तीनधारेको अस्तित्व समाप्त हुने खतरा पनि उत्तिकै रहेको छ ।

दुईधारे संरक्षणका लागि कुनै पनि समिति छैन भने तीनधारेको संरक्षणका लागि विजयपुर जलाधार तीनधारे संरक्षण खानेपानी उपभोक्ता समिति गठन गरिएको छ । यो समितिले काम गर्नु परै जाओस् समिति कहाँ छ र के गर्दैछ भन्ने सम्म कसैलाई हेक्का छैन । स्थानीय स्तरमा भएका जलाधार क्षेत्रको संरक्षण गर्ने अधिकार स्थानीय सरकारको हो ।

यो क्षेत्र ३ र १४ वडाको संगम स्थलभित्र पर्ने भएकोले दुवै वडाले बजेटको अभाव देखाएर संरक्षण गर्न नसकेको तर्क राख्ने गरेका छन् ।

धरानमा पानीको चरम अभाव भएका समयमा धरानेहरुको जीवन बचाउने काम यी धाराहरुले गरेको छ ।

यहाँ पिउने पानीमात्र हैन, नुहाउन तथा लुगा धुन समेत सर्वसाधारण आउने गर्छन् । तर त्यहाँ पुग्ने सर्वसाधारणले समेत त्यस क्षेत्रमा रहेका झार फाल्ने, फोहोर फाल्ने काम गर्दैनन् बरु जलाधार क्षेत्र फोहोर गर्ने र पुराना लुगा जथाभावि फालेर हिड्ने गरेका छन् । यो क्षेत्रको संरक्षणमा वडाले गुरुयोजना बनाएको थियो ।

३ नं. वडा समितिले गुरुयोजनामा तीनधारेलाई राखेर १४ नं. वडासँग समन्वय गरेर आधुनिक पार्कसहितको करिब साढे ४ लाख रुपैया लाग्ने डिपिआर समेत तयार गरेको थियो । तर बजेटको अभावकै कारण काम हुन सकेन । ३ नंं वडाले अहिले पनि धरान उपमहानगरपालिका, कोशी प्रदेश सरकारसँग वजेट पर्खिएर बसिरहेको वडाअध्क्ष विद्या शाक्यले बताए ।

यता धरान उपमहानगरपालिका १४ नं. वडा समितिले समेत संरक्षणको दायित्व वडा न. ३ र १४ कै भएपनि बजेटकै अभाव देखाउँदै संरक्षण नभएको बताउदै आएको छ । संरक्षण गर्ने सोचमात्र भएर नहुने त्यो सँगै स्रोत समेत जुटाउनुपर्ने आवश्यक रहेकोले सम्भव नभएको १४ नं. का वडाध्यक्ष कृष्णप्रसाद भट्टराइ बताउछन् ।

जलाधारक्षेत्रको संरक्षणसँगे लिफ्टिङ गरेर पानी खुवाउन स्थानीयहरुको माग रहेको बेला बजेट अभावकै कारण नसकिएको भए पनि आगामी बर्ष भने यसको संरक्षणलाई वडाले पहिलो प्राथमितामा राख्ने वडाअध्यक्ष भट्टराई बताउँछन् ।
यी धारा धार्मिक आस्थासँग जोडिएका छन् । विजयपुर क्षेत्र धार्मिक क्षेत्र भएका कारण यी धाराको पानी चढाए पुण्य कमाइने जनविश्वास छ ।

धरानमा आएका धार्मिक पर्यटकहरुले समेत यही धाराहरुको पानी प्रयोग गर्ने गर्छन् । यी धाराहरु नामेट हुने अवस्थामा पुग्ने भएकोले सबै मिलेर संरक्षण गर्नुपर्ने मन्दिरका पुजारी कमल भट्टराई बताउँछन् ।
सुख्खा मौसममा धरानेहरुलाई पानीको अभाव हुन नदिन यी धाराहरु संरक्षणमा सम्बन्धित पक्ष गम्भीर देखिएका छ्रैनन् ।

यद्यपि सामाजिक सञ्जालमा प्रचार गर्ने र समाचारमा आउने अभिप्रायले समय समयमा विभिन्न संघ संस्थाले संरक्षणको नाममा जलाधार क्षेत्रमा उम्रिएका झार उखाल्ने, सरसफाइ गर्ने काम भने गर्ने गरे पनि मौसमी यस्ता काम प्रभावकारी हुन सकेको छैन ।

अहिले पनि यस क्षेत्र नामेट अवस्थामा पुगेका छन् धार्मिक ऐतिहासिक महत्व समेत बोकेको यी धाराको संरक्षणमा सबै लाग्न जरुरी भइसकेको छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved