इलाम २ मा सुरु भयो चुनावी चर्चा

  • आश्विन १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ इलाम निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्बाङको भदौ २६ गते निधन भएसँगै यो क्षेत्रको सांसद पद रिक्त बनेको छ ।

उनको निधन भएसँगै भित्र भित्रै सुरु भएको राजनीति नेम्बाङको १३ दिने काम पछि खुलेरै हुन थालेको छ ।

जिल्लामा उपनिर्वाचन त तोक सकेको छैन तर उपनिर्वाचन हुन्छ भनेर नेताको दौडधुप सुरु भएको छ । उपनिर्वाचनमा नेकपा एमालेसँगै, नेपाली काँग्रेस र स्वतन्त्र पार्टीका उम्मेद्वारहरुको आङ्कलन र चर्चा सुरु भइसकेको छ ।

२०५६ सालदेखि नेम्बाङले निरन्तर विजयी हासिल गर्दै आएको इलाम निर्वाचन क्षेत्र नं. २ मा नेम्बाङको निधनपछि उनको कार्यभार पूरा गर्न उनका कान्छा छोरा सुहाङको चर्चा निकै छ ।

राजनीतिमा त्यति सक्रिय नभए पनि बाबुकै विडो थामेर अधिवक्ता बनेका सुहाङ सुवासचन्द्र नेम्बाङको उत्तराधिकारी बन्न सक्ने तर्क आउन थालेको छ । बुबाको निधन पछि उनले बुबाका सपना पुरा गर्न आफू जिम्मेवार बन्ने भन्नै इलाममा आएर पनि भाषण गरिसकेका छन् ।

बाबुको बिडो थाम्नका लागि सुहाङलाई उनको उत्तराधिकारी बनाइनु पर्ने विचारहरू पनि व्यक्त भइरहँदा राजा फालेर ल्याएको लोकतन्त्र नेताको घरभित्रै चल्ने हो भन्ने प्रश्न पनि सामाजिक सञ्जालमा नआएका छैनन् ।

बाबु जस्तै शालीन सुहाङलाई बाबुको बाँकी रहेको कार्यभार पूरा गर्ने जिम्मेवारी दिएर जानेमा एमालेका केही नेता पोजेटिभ छन् भने केही नेताले जिल्लामा पहिले देखि गरेको दुख चाहिँ हेर्नु पर्दैन भन्ने कुरा पनि उठाइरहेका छन् ।

इलाममा सुवाङको चर्चा एमालेभित्र नेता नभएर होइन । बुबाको निधन पछि उनले देखाएको इच्छा र नेम्बाङको निधनले विक्षिप्त बनेको बेला सहानुभूतिमा उनको नाम ल्याएको पनि देखिन्छ । भोलि उनी मैदानमा आउँदैनन् भन्न पनि सकिँदैन । हुन त बाहिर खुलेर टिकटको लबिङमा नलागे पनि आकाक्षी भने आधा दर्जनभन्दा धेरै देखिन्छन् ।

विगतमा नेम्बाङ राष्ट्रपति बन्ने र उपनिर्वाचन हुने चर्चा हुँदै गर्दा पनि उम्मेदवार बन्न यहाँका केही नेताहरू आन्तरिक लबिङमा न लागेका हैनन् ।

अहिले पनि एमाले उपाध्यक्ष उदय राई, प्रदेश सदस्य गणेश बराल, युवा नेताहरू बुद्धि खनाल, उमेश गुरुङ र रवीन्द्र सुवेदीको चर्चा पनि चलिरहेको छ भने नेम्बाङको समकालीन भएको कारण डा. देवी क्षेत्री दुलाल पनि आकाक्षीमा छन् । यता नेपाली कांग्रेसबाट भने २०७९ को निर्वाचनमा नेम्बाङसँग एक सय १४ मतले पराजित डम्बर खड्का नै पुनः उम्मेदवार बन्ने चर्चा छ ।

उनी पनि निर्विकल्प भने होईनन । गत निर्वाचनमा टिकट लिन प्रतिस्पर्धामा रहेका भेषराज आचार्य अहिले पनि अघि बढिरहेका छन् । नेम्बाङको निधन पछि कांगे्रस नेता केशव थापा पनि भित्र भित्रै लागिरहेका छन् भने बेपुन प्रसाई पनि टिकट पाए मैदानमा पछि नपर्ने बुझिएको छ ।

तर उनी नेम्बाङको निधनले नेपालको राजनीति समन्वयमा समस्या निम्त्याउने भन्दै आफ्नो बच्चै देखिका साथी निधन हुने बित्तिकै जिल्लामा नेता अत्तालिएको देख्दा उनी हाम्रा नेता के भएका हुन भनेर चिन्ता व्यक्त गर्छन् ।

उनी चुनाव होला चुनाव तोकिएला आफ्नो ठाउँमा छ तर घाउ आलो भइरहेको बेला यसरी राजनीति गर्नुले राजनिती नै बिग्रदो अवस्थामा जान थालेको बताउँछन् । माओवादीबाट अहीले सम्म कसैको चर्चा आएको छैन । उम्मेद्धवारको इच्छा राखेका धिरेन शर्मा अगाडी सार्ने भएपनि गठबन्धनमा जाँदा उम्मेद्धार माओवादीले पाउने नपाउने टुङ्गो नभएकोले पनि अहिले सम्म चर्चा आउन नसकिएको बुझिएको छ ।
धेरै जसो युवाको चाहानामा रविन्द्र सुवेदीको नाम आउने गरेको छ । राजनितिमा युवालाई प्रथमिकता दिनु पर्छ भन्दै गर्दा जिल्लामा नै रहेर विद्यार्थी नेता देखि पाटीको उपसचिव रहेका सुवेदीले टिकट पाए युवाको आकर्षकका कारण उनको चर्चा चलीरहेको पाईन्छ ।
नेम्बाङको निधन पछि इलाम दुई खाली भएसँगै झालनाथ खनाल पनि आन्तरिक कसरतमा लागेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र झलनाथ खनाल बिचमा फाटो सुरु हुन थालेसँगै खनाल एमालेमा आएर उम्मेदवार बन्ने चर्चा छ । कोसी प्रदेश सरकार एमालेको बनाउन सहयोग गर्ने र इलाम दुईमा आफू उम्मेदवार बन्ने खेलको पनि चर्चा भइरहेको छ ।

इलाम निर्वाचन क्षेत्र नै १ मा एमाले जिल्ला अध्यक्ष महेश बस्नेतसँग हारेका खनाल अहिले एमाले सँगै मिलेर २ नं. मा आउने चर्चामा छन् ।

यता राष्ट्रिय स्वतन्त्र पाटीबाटको उम्मेदवार आउँछ भन्नेमा ठुला दलहरू पनि चनाखो बनिरहेका छन् । पछिल्लो समयमा स्वतन्त्र पाटीले निकै चर्चा पाइरहेको अवस्थामा रास्वपाको उम्मेद्धवारले आंकलन परिवर्तन गराउनेमा ठुलो दलमा चिन्ता छ । उप निर्वाचनमा रास्वपा बाट महेन्द्र थापाको चर्चा सुरु भएको छ । पार्टीले आवश्यक ठानेर टिकट दिएमा आफू उम्मेदवार बन्ने संकेत पनि गरिसकेको बुझिएको छ ।
लामो समयदेखि एमालेका उम्मेदवार विजयी बनेको यो क्षेत्रमा अब के हुन्छ भन्ने आंकलननै गाह्रो छ । इलामको कर्णाली भनेर उपनाम पाइसकेका क्षेत्र यसै निर्वाचन क्षेत्रमा पर्दछन् ।

एमाले र काँग्रेसमा उम्मेद्धवारको दाबी गर्ने नेताको प्रतिस्पर्धा नहुँदा टिकट नपाएको रिस साँध्नेसम्मको खेल हुने यस अघिका निर्वाचनको नतिजाले देखाएको छ ।

सुवास नेम्बाङ सर्वसम्मत उम्मेदवार भएको कारण अहिले सम्म एमालेमा सहज भएको उक्त क्षेत्रमा पाटी विभाजन हुँदा पनि उनकै कारण एमालेमा कम असर परेको पाइन्छ । अबको निर्वाचनमा एमालेमा पहिले जस्तो सहज हुने देखिँदैन ।

यता कांग्रेसमा पनि गुटको कारण टिकट कसले पाउँछ र अर्को गुटको खेल के हुन्छ भन्ने टुङ्गो हुँदैन । पार्टीलाई जिताउने भन्दा पनि व्यक्ती हराउनेमा कांग्रेस लाग्ने गरेको गत निर्वाचनबाट प्रस्ट देखिन्छ त्यस कारण अव इलाम दुईमा उपनिर्वाचन हुँदा कसले बाजी मार्ला भन्ने आंकलन समेत गर्न सकिँदैन ।

- भगीरथ भण्डारी

प्रथम पानबारी गोल्डक ...

धरान/ वैशाख २२ गतेदेखि जारी प्रथम पानबारी गोल्डकपम ...

सम्यक २५ औ वार्षिक उ ...

धरान/ मंगलबार श्री सम्यक शिक्षा आधारभूत विद्यालय ध ...

मुख्यमन्त्रीमा एमाले ...

मोरंग/कोशी प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एमाले) संस ...

श्रीलंका टप्पुमा माव ...

वराहक्षेत्र/ सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved