सेउती पुल देखि पानीपिया सडक निर्माण ढिलाई दबाबमुलक अभियानमा प्रतिबद्धता

  • आश्विन १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ रानी किमाथाङ्का जोड्ने राष्ट्रिय योजना अन्तर्गतको धरान इटहरी सडक खण्डको सेउती पुल देखि पानीपिया सम्मको सडक निर्माणमा ढिलाई हुँदा सवारी दुर्घटना बढ्दै गए पछि धरानका सरोकारवालाहरुले दबाबमुलक अभियान शुरु गरेका छन् ।

सडकको निर्माण कार्यको अन्तिम चरणमा पुगेको अवश्थामा सेउती पुल देखि पानीपिया सम्म निर्माण कार्य अलपत्र परेको सडक २०८० असार मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने गरि ठेक्का लगाएको थियो । निर्माण कार्य अलपत्र पारेर छाड्नाले सवारीको सहज आवागमनमा बाधा पुगेको छ ।

सडकमा बनेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम समेत बढेको छ । विशेषगरी साना सवारी साधन मोटरसाइकल, अटो तथा कारहरु खाल्डाखुल्डीका कारण दुर्घटनामा पर्ने गरेका छन् ।

निर्माण कार्य अलपत्र हुँदा पर्यटकहरुको आगमनमा बाधा पुगेको स्थानीयको गुनासो छ । सडककै कारण धरान आउने आन्तरिक तथा छिमेकी मुलुकबाट आउने पर्यटकहरुको आगमनमा कमि आएको पर्यटन व्यवसायीहरु बताउँछन् ।

राज्यको कमजोर संयन्त्र तथा ठेकेदार कम्पनीको गैरजिम्मेवारीपनले सकड निर्माणमा ढिलाई भएको हो ।

सडक निर्माण ढिलाईले सवारी दुर्घटना बढ्दै गए पछि यातायात व्यवसायी तथा मजदुरहरुले आन्दोलन गर्ने चेतावनी दिदै दबाबका लागि अभियान संचालन गरेका छन् ।

केही दिन अघि यातायात व्यवसायी तथा मजदुरहरुले सुनसरी जिल्ला प्रशासन कार्यालय मार्फत संघीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाए पछि धरानका राजनितिक दल तथा सरोकारवालाहरुले ऐक्यबद्धता जनाउँदै चाडो भन्दा चाडो सडक निर्माणको काम अघि बढाउन माग गरेका छन् ।

तरहराको पानीपियादेखि सेउती पुलसम्म हिम धुङ् प्यासिफिक जेभीले ठेक्का पाएको छ ।

यातायात ब्यबसायी र मजदुरहरुले सुरु गरेको अभियानमा धरानका पाँच राजनैतिक दल र होटल व्यवसायी समितीले पनि ऐक्यबद्धता जनाउँदै तुरुन्तै सडक निर्माणको काम अघि बढाउन माग गरेका छन् । विहिबार सयुक्त प्रेस विज्ञप्ति जारी गर्दै धरानका पाँच दलले सेउती पानीपिया क्षेत्रको सडक निर्माण कार्य तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी र एकिकृत समाजबादी पार्टीका नगर अध्यक्षहरुले सयुक्त विज्ञप्ति जारी गदैै यातायात ब्यबसायी र मजदुरहरुले राखेका माग पुरा गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘ पूर्वी पहाडी जिल्ला जोड्ने राजमार्ग निर्माण प्राथमिकतामा रहनु पर्नेमा राज्यको कमजोर संयन्त्र तथा ठेकेदार कम्पनीको गैरजिम्मेवारीपनले उक्त सडक समयमा निर्माण हुन नसकेको हाम्रो बुझाई रहेको छ ।’ विज्ञप्तिमा उक्त क्षेत्रमा काम गर्न कुनै पनि बाधा नरहेको तर जिम्मेवार सरकारी पक्ष तथा ठेकेदार कम्पनीले समय सीमा भित्र काम नसकी ढिलासुस्ती गर्नुमा सरकारी पक्ष र ठेकेदार पक्षबिच लेनदेनको असमझदारी रहेको कुरा स्पस्ट भएको बताइएको छ ।
‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघं, नेपाल ट्रक यातायात व्यवसायी महासघं, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सघं र नेपाल यातायात मजदुर सघंको कोशी प्रदेश समितिले मिति गत ८ गते जिल्ला प्रशासन कार्यालय सुनसरीलाई बुझाएको ध्यानाकर्षण पत्रले आम नागरिक, यातायात व्यवसायी, मजदुरलाई परेको समस्यालाई प्रस्टसँग बुझाएको छ ।

यातायात व्यवसायी तथा मजदुरबाट ध्यानाकर्षण सहित राखिएका माग र कार्यक्रमहरू प्रति हाम्रो ऐक्यबद्धता रहेको प्रस्ट पार्न चाहन्छौ ।’ विज्ञप्तिमा भनिएको छ ।

दलहरुको तर्फबाट पटक पटक सरकारलाई यस विषयमा लिखित तथा मौखिकरुपमा ध्यानाकर्षण गराएको समेत स्पष्ट पार्दै यातायात व्यवसायी तथा मजदुरहरूका तर्फबाट राखिएका माग तत्काल सम्बोधन गर्न र सडक निर्माण कार्य सम्पन्न गर्न सरकारी पक्षसँग माग गर्दछौँ–विज्ञप्तिमा भनिएको छ ।

त्यसै गरि होटल व्यवसायी समितीले पनि रोकिएको सडक निर्माणको काम तत्कालै प्रारम्भ गरी यथाशिघ्र निर्माण कार्य सम्पन्न गर्न माग गरेको छ ।

यातायात व्यवसायी र मजदुरहरुले घोषणा गरेको दबाबमुलक कार्यक्रम र आगामी दिनमा गरिने आन्दोलनका कार्यक्रमहरुमा यस समितीको ऐक्यबद्धता रहेको जनाएको छ ।

प्रथम पानबारी गोल्डक ...

धरान/ वैशाख २२ गतेदेखि जारी प्रथम पानबारी गोल्डकपम ...

सम्यक २५ औ वार्षिक उ ...

धरान/ मंगलबार श्री सम्यक शिक्षा आधारभूत विद्यालय ध ...

मुख्यमन्त्रीमा एमाले ...

मोरंग/कोशी प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एमाले) संस ...

श्रीलंका टप्पुमा माव ...

वराहक्षेत्र/ सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved