वीपीको ट्राफिक व्यवस्थापनमा सक्रिय ट्राफिक प्रहरी

  • आश्विन ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एसियाकै उत्कृष्ट अस्पतालको रुपमा चिनिन्छ । यहाँ नेपालका विभिन्न स्थान तथा भारतबाट समेत उपचारका लागि आउने गर्छन् ।

तर अस्पताल जस्तो संवेदनशील क्षेत्रमा दिनहुँ हुने ट्राफिक जामले विरामीहरु मारमा पर्ने गरेका छन् । असहज अवस्था भएको प्रतिष्ठानको बाटो खाली गर्ने काम शुरु गरिएको छ ।
अस्पतालमा सवारी आवागमन सहज रुपमा हुनुपर्छ ।

अस्पतालमा साधारण विरामीदेखि सिकिस्त विरामीहरु उपचारका लागि आउने गर्छन् ।

अस्पतालसम्म पुग्ने बाटो जाम हुदा विरामी बोकेको एम्बुलेन्स तथा सवारी साधन समयमै पुग्दैन र विरामीको ज्यान समेत जोखिममा पर्ने गर्छ ।

यसैलाई मध्यनजर गरी स्थानीय सरकार र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले प्रतिष्ठान आसपासमा रहेका जथाभावी पार्किङ, फास्टफुडका ठेलागाडीलाई हटाउन थालेको हो ।

अस्पतालजस्तोे संवेदनशील क्षेत्रमा सम्बन्धित पक्षले ध्यान नदिएपछि स्थानीयले सम्बन्धित पक्षसँग गुनासो गरेका थिए । सर्वसाधारणको गुनासो आए पछि यातायात व्यवसायीहरु पनि प्रतिष्ठान परिषरको सडक खुलाउने विषयमा सकारात्मक देखिएका छन् ।

घोपा यातायात प्रा.लिका उपाध्यक्ष नेत्र वाग्लेले सबैलाई सहज बनाउन जाम हटाउन आवश्यक रहेको र यसका लागि आफूले सघाउने बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी र धरान उपमहानगरपालिकाको संयुक्त प्रयासमा अस्पताल क्षेत्रमा ट्राफिक हुन नदिन प्रतिष्ठान क्षेत्रमा पर्ने भित्र र बाहिरका सडकहरुको खुल्ला गर्न थालिएको छ ।

सडक जाम हटाउने कामसँगै बषौदेखि हेलमेट नलाई सवारी साधन चलाउने चिकित्सकहरुलाई समेत अनिवार्य रुपमा हेलमट लगाउन आग्रह गरिएको थियो ।

नियन्त्रणका लागि दुई दिन अघि देखि ट्राफिक प्रहरी गम्भीर भएर लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी निरिक्षक सुवास केसीले बताए ।

यस क्षेत्रमा अन्य सवारी साधन भन्दा पनि सिटी सफारी र टेम्पोको बढी आवागमन हुने गर्छ । धरान उपमहानगरपालिकाले इ रिक्सा ऐन दर्ता गरेर प्रक्रियामा लगिएको भएपनि धेरै इ रिक्साहरु दर्ता छैनन, जथाभावि सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढेको छ

भने अस्पतालमा ट्राफिक जाम हुँदा विरामी बोकेर आएका सवारी साधनलाई समस्या हुने गरेको छ । यस्ता समस्यालाई सबै मिलेर नियन्त्रण गर्ने प्रयास थालिएको धरान उपमहानगरपालिकका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए ।

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

बैशाख महिनाभित्र आगल ...

सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ...

सुकुम्बासीलाई वन र स ...

काठमाण्डौ/ सर्वोच्च अदालतको संवैधानिकइजलासले सुकुम ...

महानगरको आयोजनामा सह ...

विराटनगर/  विराटनगर महानगरपालिका सहकारी शाखाक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved