लागुऔषध सहित ५ जना पक्राउ

  • आश्विन १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/ कोशी प्रदेशको दुई छुट्टा छुट्टै जिल्लामा प्रहरीले ५ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रहरीले गत सोमबार झापाबाट ३ जना र मोरङबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

झापा प्रहरीले गत सोमबार विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका मेचीनगर नगरपालिका–६ का २० वर्षीय सुजन बिश्वकर्माको साथबाट एक ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको छ ।

यसैगरी सोमबार नै ईलाका प्रहरी कार्यालय झिलझिले झापाको प्रहरी टोलीले झापाको शिवसताक्षी नगरपालिका–११ दुधे स्थित बस काउन्टरबाट प्र १– ०१–०१३ प ६५८१ नम्बरको स्कुटरमा चामलको बोरा भित्र प्लास्टिकले पोको पारी लुकाई छिपाई ल्याएको ९ ग्राम ७ सय ७० मिलिग्राम लागुऔषध ब्राउनसुगर र स्कुटर सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरका २९ वर्षिय साजन राई र ३५ वर्षिय सुन्दर लावती रहेका छन ।

त्यसै गरि मोरङको बिराटनगर महानगरपालिका–१५ बाट प्रहरीले सोमबार लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका सुनसरीको ईटहरी उप–महानगरपालिका–१२ का ४० बर्षीय शुसिल कुमार साह र

चितवन जिल्लाको भरतपुर महानगरपालिका–१ का ३२ बर्षीय राजकुमार श्रेष्ठको साथबाट ५८ ग्राम ७८ मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र नगद रूपैया १० हजार बरामद गरेको थियो । लागुऔषध सहित पक्राउ परेका पाचै जनालाई लाई थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

एमालेले मिसन –८४ द्ध ...

इटहरी/ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उ ...

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved