लाइसेन्स भाडामा लगाउदा फर्मासिस्ट पेशा बदनाम

  • आश्विन १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/ दक्ष फर्मासिस्टहरु गुणस्तरिय स्वास्थ्य प्रणालीका खम्बा भएकोले कसैले पनि आफनो लाईसेन्स भाडामा लगाउन नहुने विज्ञ शिक्षक,

अध्यनरत बिद्यार्थीहरुले गुनासो गरेका छन ।
मनमोहन प्राविधिक विश्वविद्यालयको मेडिकल एण्ड एप्लाईड हेल्थ साईन्स स्कुल अन्र्तगत स्नातक तहमा बीफार्मेसी अध्ययन गरिरहेका बिद्यार्थी र विज्ञ शिक्षकहरुले विश्व फर्मासिस्ट दिवसको अवसरमा आयोजित कार्यक्रममा लाइसेन्स भाडामा लगाएर औषधी बेचबिखन गर्दा सिँगो पेशा बदनाम भैरहेको गुनासो गरेका हुन ।

उनीहरुले देशमा दक्ष फर्मासिस्टहरुको माग उच्च भएकोले उच्च तहको शिक्षामा सबैको पहुँच हुनुपर्नेमा बताएका छन ।

फार्मासिस्ट तथा मनमोहन प्राविधिक विश्वविद्यालयका फार्मेसी विभाग प्रमुख शाहीविजय रिजालले विना दक्षता र ज्ञान नभएकाहरुले गर्दा फर्मेसी पेशा बदनाम भैहरकोले अनुगनमन गरि बिकृती नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

उनले फार्मेसीको लाइसेन्स भाडामा लगाउनु भनेको चिकित्सकले नपढेकोलाई लाइसेन्स भाडामा लगाएर उपचार गराई विरामीको ज्यान लिनु सरह हो भने ।

विभागिय प्रमुख रिजाललले पढेलेखेका दक्ष औषधी विज्ञहरुले पर्दा पछाडीको हिरो बनेर काम गर्नुपर्नेमा जोड दिए ।

रजिष्ट्रार डा. दिलनाथ फुँयालले मनमोहन विश्वविद्यालयको फार्मेसी ल्यावलाई आफैले औषधी परिक्षण गर्नसक्ने मेघा ल्यावमा स्तरोन्नती गर्न लागेको बताए ।

उनले देशमा दक्ष फार्मासिस्टहरुको अभावलाई ख्याल गरेर मनमोहनले बीफार्मेसीको पठनपाठन सुरु गरेको र चाँडै व्याचलर अफ नेचुरोपेथी, पब्लिक हेल्थ र केमिकल टेक्नोलोजी बिषयमा पनि स्नातक तहको पठनपाठन गर्न लागेको जानकारी गराए ।

मनमोहनमा अध्यनगरिरहेका बीफार्मेसीका विद्यार्थीहरु दक्ष फर्मासिस्ट बनेर सेवा दिन सक्षम हुने रजिष्ट्रार फुँयालले विश्वास व्यक्त्त गरे ।

विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेले दक्ष फर्मासिस्टहरु विना समग्र स्वास्थ्य प्रणाली भरपर्दो हुन नसक्ने भएकोले फार्मेसी पेशाको विकृती नियन्त्रण गर्न सरकारले आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिए ।

निमित्त परीक्षा नियन्त्रक भीम काफलेले विश्वविद्यालयको परीक्षा प्रणालीलाई गुणस्तरिय बनाउदै समयमै परीक्षाफल प्रकाशित गर्न आफुहरु निरन्त लागिपरिहने बताए ।
हरेक बर्षको २५ सेप्टेम्बरका दिनलाई विश्व फर्मासिस्ट दिवसका रुपमा मनाउने गरिन्छ ।

मनमोहनमा बी फार्मेसीमा अध्यनरत बिद्यार्थीहरुले कविता र बकृत्वकला प्रस्तुत गरेर सोमवार २५ औ विश्वफर्मासिस्ट दिवस मनाएका थिए ।

उनीहरुले आगामी दिनमा अझै प्रभावकारी रुपले दिवस मनाउने प्रतिबद्धता पनि जनाए ।

एस.ई.ई.आईडलका सहभागी ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचाल ...

धरान वडा नम्बर १० बा ...

धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत् ...

प्रथम पानबारी गोल्डक ...

धरान/ प्रथम पानबारी गोल्डकप २०८१ शनिबारदेखि शुरु भ ...

नृत्य निर्देशक संघ न ...

सुनसरी/ नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा नृ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved