बेलडाँडामा उपमेयर कोषबाट पाइप विरतण

  • असोज १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ खानेपानीको पाइपमा क्षति पुगेपछि समस्या भोगीरहेका धरान वडा नं १४ स्थित बेलडाँडाका उपभोक्ताहरुलाई उपमेयर कोषबाट पाइप सहयोग भएको छ ।

उपभोक्ता समितिले धरान १४ वडा कार्यालयमार्फत माग गरे वमोजिम पाइप उपमेयर कोषबाट उपमेयर अइन्द्रबिक्रम बेघाले उपलब्ध गराएका हुन् । पाइप गत सोमबार उपमेयर बेघाले उपभोक्ता समितिलाई हस्तान्तरण गरेका थिए ।

उपभोक्ताहरुले माग गरेवमोजिम नै पाइप उपलब्ध गराइएको उपमेयर बेघाले जानकारी दिए । माग धेरै भएको तर उपमहानगरपालिकाको सिमित स्रोतसाधान भएकोले परिपूर्ति गर्न समस्या हुने पनि उनले बताए ।

वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले आपत विपद्को बेला नै आवश्यक पर्ने भएकोले यस्ता कोषहरु व्यवस्था गरिएको बताए ।

उनले उपमेयर बेघालाई धन्यवाद पनि दिएका थिए । बेलडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष ईश्वर राईले ४२ वटा धारा वितरण गरिएको बताए ।

भविष्यमा स्रोत थप गरेर उपभोक्ताहरु पनि थप्ने योजना रहेको उनले बताए । बर्खाले पाइपमा क्षति पुर्याए पनि वैकल्पिक स्रोतबाट उपभोक्ताहरुले पिउने पानी उपभोग गरिरहेको अध्यक्ष राईले जानकारी दिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved