वीपीमा बिरामीलाई सास्ती आक्रमणको विरोधमा चिकित्सक आन्दोलित

  • आश्विन ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  विना सुचना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवसीय चिकित्सकहरु आन्दोलित भएपछि प्रतिष्ठानमा उपचारको लागि आउने विरामीले सास्ती पाएका छन् ।

चिकित्सकहरुले इमर्जेन्सी सेवा नै वहिस्कार गरि शान्ति सुरक्षाको प्रत्याभुति सरकारले नगरे सम्म काम नगर्ने घोषणा सहित विना सुचना एक्कासी चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि विरामीले सास्ती भोग्नु परेको हो ।

गत सोमबार पोखराको मणिपाल अस्पतालमा जुनियर माथि सांघातिक हमला भए पछि देशैभरका चिकित्सकहरु आन्दोलित भएका हुन् ।

चिकित्सक माथि बारम्बार आक्रमण भएको घट्नाप्रति सम्बन्धित पक्ष गम्भीर नभएको भन्दै देशैभरका आवसीय चिकित्सकहरु आन्दोलित भएका छन् ।

यसै क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेजिडेन्टहरु पनि सबै काम काज छोडर आन्दोलनमा उत्रिएपछि उपचारमा आएका विरामीहरु मारमा परेका छन् । डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही र सुरक्षा माग गर्दै प्रतिष्ठानका जेआरहरुले बुधबार पनि उपचार सेवा बहिष्कार गरेका हुन् ।

जुनियर रेसिडेन्टरहरुले काम छोडेर आन्दोलनमा उत्रिएपछि प्रतिष्ठानको ओपिडी ठप्प भएको छ भने गाइनो, बच्चाको इर्मजेन्सीको उपचार समेत प्रभावित भएको छ । जेआरसँगै मेडिकल अफिसरहरुले पनि काम छोड्दा आइसियुमा जनशक्ति अभाव छ भने अप्रेशन पनि मंगलबार दिउँसोदेखि रोकिएको अस्पताल प्रशासनले जनाएको छ ।

जुनियर रेसिडेन्टहरुको भरमा उपचार सेवा प्रदान गर्दै आएको प्रतिष्ठानले ओपिडी काउन्टर समेत बन्द गरायो । जेआरको अभावमा ओपिडी सेवा सुचारु गर्न नसक्ने भएपछि टिकट काउन्टर बन्द गरिएको हो ।

चिकित्सकमाथि बारम्बार आक्रमण हुदा समेत सम्बन्धित पक्षले आक्रमण गर्नेमाथि कारबाही नगर्दा मनोबल बढेर बारम्बार घट्ना घटेको बताउदै भयरहित अवस्थामा काम गर्न नसकिने उनीहरुले बताएका छन् ।

आन्दोलनलाई ऐक्यबद्धता जनाउदै उनीहरुले मंगलबार कामकाज ठप्प बनाँएका थिए भने बुधबार समेत उनीहरुले आन्दोलनलाई निरन्तता दिएका हुन् ।

काम छोडेर आन्दोलन गर्दा सेवाग्राहीलाई परेको समस्याका बारेमा आन्दोलनकारी चिकित्सकहरुले बुझ्नुपर्ने सुनसरीको चतराबाट आएकी निर्मला माझीले बताइन् । एकजना कुटिएको विषयलाई लिएर सयौ विरामीको उपचारमाथि खेलबाड गर्न नहुने धरानकी मनिका भुजेलले बताइन् ।

आकस्मिकसँगै अन्य वार्डमा समेत उनीहरुले उपचार सेवामा सरिक भएनन् । काममा सरिक नभएका उनीहरुले विरोध स्वरुप ¥याली समेत निकालेका थिए । ¥याली सहित धरान १३ स्थित इलाका प्रशासन कार्यालय पुगेर सुरक्षाको माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।

बारम्बार चिकित्सक आक्रमण हुने अनि सरकार मुकदर्शक भएर हेर्ने आरोप उनीहरुको छ ।

घट्नामा संलग्न माथि कारबाही नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले चेतावनी दिएका छन् ।

उनीहरुले स्वास्थ्य क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गरिनुपर्ने बताएका छन् ।

बारम्बार चिकित्सकमाथि कुटपिट र आक्रमण हुँदा पनि सम्बन्धित पक्ष गम्भीर नभएकै कारण आन्दोलनमा उत्रनुपरेको आन्दोलरत चिकित्सक डा. सम्झना पौडेलले बताइन् ।

चिकित्सकहरुले भने आक्रमण र हातपातको गर्नेमाथि कारबाही र अस्पताललाई शान्ति क्षेत्र घोषणा नगरुन्जेल आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

जेआरहरुले विज्ञप्ती जारी गरि समस्या समाधान नभए सम्म कार्यक्षेत्रमा नफर्कने बताएका छन् ।

जेआरहरुको आन्दोलनले उपचार प्रभावित भए पछि प्रतिष्ठानको अस्पताल निर्देशक र विभागीय प्रमुखहरुबीच छलफल भएको थियो ।

बैठकले फलोअपमा आएका विरामीहरुलाई वार्डमा भए पनि उपचार सेवा प्रदान गर्ने समझदारी भएको अस्पताल प्रशासन प्रमुख अशोककुमार साहले जानकारी दिए ।

यता प्रतिष्ठानले पनि चिकित्सकहरुको आन्दोलनका कारण सम्पुर्ण उपचार सेवाहरुनै प्रभावित हुन गएकाले अर्को सुचना जारी नभए सम्मका लागि इमरजेन्सी, आइसियु, वार्डमा भर्ना भएका बिरामीहरु एवं अन्य अत्यावश्यक सेवाहरु मात्र संचालन रहने सुचना जारी गरेको छ ।

अस्पताल निर्देशक जगत नारायण प्रसादले सुचना जारी गर्दै प्रतिष्ठान रेफरल अस्पताल समेत भएकाले गम्भीर एवं जटिल प्रकृतिका बिरामीहरुको उपचार सेवामा प्रतिकुल प्रभाव नपर्ने गरी नियमित कार्यमा सरिक भइदिन चिकित्सकहरुलाई अपिल पनि गरेको छ ।

सेवा बिस्तार गर्दै च ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाको वडा नं २ लाई ...

कमिसनको खेलले करोडौ ...

बेलबारी/ मोरङको बेलबारी र कानेपाखरी गाउँपालिका भएर ...

‘मेयर साम्पाङले हामी ...

धरान/ धरानको खानेपानी समस्या लगायत विविधि विषयमा ध ...

एमालेले मिसन –८४ द्ध ...

इटहरी/ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved