संगठन सुदृढ गर्न कार्यथलो अभियानमा मजदुर संगठन

  • आश्विन ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/. नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश कमिटीले संगठन सुदृढीकरण र विस्तारका लागि तीन महिने कार्यथलो अभियानको शुभारम्भ गरेको छ ।

मंगलबार इटहरीमा प्रदेश भरीका अगुवा नेता कार्यकर्ताहरुको भेला मार्फत कार्यक्रमको शुभारम्भ गरेको हो ।

प्रदेशभरीका ४३ वटा कमिटीबाट अध्यक्ष सचिवहरुको उपस्थितिमा भएको भेलाले आगामी मंसिर ३० गते सम्मका लागि कार्यक्रमको तय गरेको छ ।

कोशी प्रदेशका १४ वटै जिल्ला र पालिकाहरुमा संगठनका केन्द्रीय नेताहरु केन्द्रीय प्रतिनिधि र प्रदेशका नेताहरु प्रदेश अभियन्ताका रुपमा मजदुरले काम गर्ने स्थानमै पुगेर संगठनको सदस्यता विस्तार, नविकरण, कार्यथलोका समस्याहरुको संकलन र संगठन र नेतृत्वबीच हुने विवादहरुको समाधान गर्दै रुट रुटमै कमिटीहरु गठन गरिने संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।

तीन महिने अभियानको अवधारणा र निर्देशिका जारी गर्दै अभियानले सदस्यता विस्तार र नविकरण मार्फत कार्यथलोमा सदस्य र कमिटी वृद्धि हुने, सदस्यता र कमिटीको वास्तविक विवरण प्राप्त हुन, तल्लो तहका नेतृत्वमा संगठनका आधारभूत ज्ञान बारे जानकारी हुने,

कार्यथलोका श्रमिकका समस्याको पहिचान र समाधान हुने, नेतृत्वबीचको अन्तरविरोध र विवादहरुको समाधान हुने लक्ष्य राखिएको छ ।

त्यस्तै तल्लो कमिटी र माथिल्लो कमिटीबीचको अन्तर्विरोध समाधान हुने, केन्द्रीय नेतृत्व, इन्चार्जको भूमिकाका बारे स्पष्टता हुने, वैचारिक, राजनीतिक र संरचनागत स्पष्टता हाँसिल हुने, सम्भावनायुक्त नयाँ पुस्ताको पहिचान हुने,

श्रमिकको समस्या र सरोकारका विषयमा संगठन केन्द्रीत हुने र एकताबद्ध, अनुशासित नेतृत्व एवम् श्रम आन्दोलन बलियो हुने अपेक्षा गरिएको अध्यक्ष राईले बताए ।

कार्यक्रममा जिफन्टका कोशी प्रदेश अध्यक्ष किशोर धमलाले जिफन्ट र संगठनबीचको सम्बन्ध बारेमा जानकारी गराएका थिए । संगठन कोशी प्रदेश अध्यक्ष गौरीशंक लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव महेश घिमिरेले गरेका थिए ।

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

बैशाख महिनाभित्र आगल ...

सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ...

सुकुम्बासीलाई वन र स ...

काठमाण्डौ/ सर्वोच्च अदालतको संवैधानिकइजलासले सुकुम ...

महानगरको आयोजनामा सह ...

विराटनगर/  विराटनगर महानगरपालिका सहकारी शाखाक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved