धरानमाअखाद्य बेसार नष्ट

  • असोज १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ अखाद्य वस्तु मिसाएर बनाएको बेसार धरान उपमहानगरपालिकाले नष्ट गरेको छ ।

धरान उपमहानगरपालिकाले अनुगमन गर्दा फेला परेको १७ सय ४८ केजी मिसावट गरिएको अखाद्य बेसार नष्ट गरिएको अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई, उपमेयर अइन्द्रविक्रम बेघा, प्रहरी, प्रशासन लगायतको उपस्थितिमा धरान–११ स्थित निर्माणाधीन माया धराने साबुन फ्याक्ट्रीको जग्गामा नष्ट गरिएको हो ।

गएको भदौ २ गते अनुगमनका क्रममा धरान ११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलले १ हजार ७ सय ४८ केजी बेसार मिसावट गरेको पाइएको सापकोटाले बताए ।

त्यहाँ बेसारमा चामलको खुदी मिसाएर पिसेको पाइएपछि सञ्चालकलाई दुई लाख रुपैयाँ जरिवाना पनि तिराइएको उनले जानकारी दिए ।

अनुगमन अधिकृत सापकोटाका अनुसार मिल सञ्चालक र व्यापारीले जरिवाना रकम राजश्वमा जम्मा गरेपछि मिसावट गरिएको बेसार नष्ट गरिएको हो ।

उनले उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ को १ (ख) बमोजिम २ लाख रुपैयाँ जरिवाना गरेको बताए ।

मिलबाट यसअघि नै ११ सय २५ केजी मिसावट बेसार बरामद भइसकेको थियो भने सिल गरेर राखिएको अन्य बेसारचाहिँ बिहीबार लगिएको र नष्ट गरिएको उनले जानकारी दिए ।

उनले खुदीलाई बेसार जस्तो देखाउन फुड कलर समेत मिसाइएको पाइएको जानकारी दिए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved