विष्णु स्कूलमा आत्मरक्षा तालिम सम्पन्न

  • असोज १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान ९ मा स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका छात्रा विद्यार्थीहरूलाई एक दिने आत्मरक्षा तालिम प्रदान गरिएको छ ।

विद्यालयको शैक्षिक पात्रोमा उल्लेख भए बमोजिम गत शुक्रबार कक्षा ८ देखि १२ सम्म अध्ययनरत २ सय ५० भन्दा बढी छात्रा विद्यार्थीहरूलाई तालिम प्रदान गरिएको हो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई आपतकालिन र अप्रत्यासित अवस्थामा आफ्नो जीउज्यानको सुरक्षा कसरी गर्ने भन्ने बारे व्यवहारिक रुपमा आवश्यक ज्ञान सीप प्रदान गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक निलमकुमार श्रेष्ठले यस्ता आत्मरक्षा तालिम मार्फत छात्रा विद्यार्थीहरूलाई मानसिक, बौद्धिक र शारीरिक रूपमा बलियो बन्न,

आत्मविश्वास वृद्धि गरी पठनपाठनमा थप उपलब्धि हासिल गर्न साथै समाजमा बालिका विरुद्ध हुने अपराधका घटना बढ्दै गएकाले उनीहरूलाई सुरक्षित बनाउन र सुरक्षाको प्रत्याभूति गराउन विद्यालयले यस किसिमको आत्मरक्षा तालिम प्रदान गरेको बताए ।

आत्मरक्षा तालिमको वाह्य प्रमुख प्रशिक्षकको रुपमा सुबीक्षा राई, सहायक प्रशिक्षकको रुपमा विद्यालयका तेक्वान्दो र कराते प्रशिक्षकहरू सुलभ श्रेष्ठ र सन्तोष राई रहेका थिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved