विमल गुरुङ कृति पुरस्कारको लागी २१ कृति छनौट

  • असोज १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  कवि विमल गुरुङ कृति पुरस्कार २०७९ को लागि विभिन्न साहित्यकारहरुका २१ वटा कृति छनौट भएका छन् ।

कवि विमल गुरुङ स्मृति पुस्तकालयले गत शुक्रबार पत्रकार सम्मेलन गर्दै पहिलो चरणमा १ सय १ जना लेखक, साहित्यकारहरुबाट प्राप्त भएको कृतिमध्ये २१ वटा छनौटमा परेको जानकारी दिएको छ ।

कृतिहरु मध्ये पुनः ७ कृति चयन गरिने र त्यसमध्ये एउटा सर्वोत्कृष्ट कृतिलाई २ लाख राशीको पुरस्कार प्रदान गरिने पुस्तकालयका सचिव गणेश तिम्सिनाले जानकारी दिए ।

सर्वोत्कृष्ट कृतिलाई आगामी कार्तिक १९ गते पुस्तकालयको आफ्नै भवनमा आयोजित ५२ औं जन्मजयन्ती तथा ३२ औं राष्ट्रिय कविता महोत्सवमा पुरस्कार प्रदान गरिने सचिव तिम्सिनाले जानकारी दिए ।

यसैगरि, राष्ट्रिय कविता महोत्सवमा प्राप्त ७४ कविताहरु मध्ये उत्कृष्ट १० कविता चयन भएको छ ।

कवि र कविता सार्वजनिक गर्दै पुस्तकालयले कार्तिक १९ गते कविहरुबाट वाचन र पुरस्कार प्रदान गरिनेछ ।

सोही कार्यक्रममा भारत कालेबुङका प्रतिभाशाली युवा कवि विशाल नाल्बोलाई युवा प्रतिभा सम्मान २०८० प्रदान गरिने पुस्तकालयले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved