विमल गुरुङ कृति पुरस्कारको लागी २१ कृति छनौट

  • असोज १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  कवि विमल गुरुङ कृति पुरस्कार २०७९ को लागि विभिन्न साहित्यकारहरुका २१ वटा कृति छनौट भएका छन् ।

कवि विमल गुरुङ स्मृति पुस्तकालयले गत शुक्रबार पत्रकार सम्मेलन गर्दै पहिलो चरणमा १ सय १ जना लेखक, साहित्यकारहरुबाट प्राप्त भएको कृतिमध्ये २१ वटा छनौटमा परेको जानकारी दिएको छ ।

कृतिहरु मध्ये पुनः ७ कृति चयन गरिने र त्यसमध्ये एउटा सर्वोत्कृष्ट कृतिलाई २ लाख राशीको पुरस्कार प्रदान गरिने पुस्तकालयका सचिव गणेश तिम्सिनाले जानकारी दिए ।

सर्वोत्कृष्ट कृतिलाई आगामी कार्तिक १९ गते पुस्तकालयको आफ्नै भवनमा आयोजित ५२ औं जन्मजयन्ती तथा ३२ औं राष्ट्रिय कविता महोत्सवमा पुरस्कार प्रदान गरिने सचिव तिम्सिनाले जानकारी दिए ।

यसैगरि, राष्ट्रिय कविता महोत्सवमा प्राप्त ७४ कविताहरु मध्ये उत्कृष्ट १० कविता चयन भएको छ ।

कवि र कविता सार्वजनिक गर्दै पुस्तकालयले कार्तिक १९ गते कविहरुबाट वाचन र पुरस्कार प्रदान गरिनेछ ।

सोही कार्यक्रममा भारत कालेबुङका प्रतिभाशाली युवा कवि विशाल नाल्बोलाई युवा प्रतिभा सम्मान २०८० प्रदान गरिने पुस्तकालयले जनाएको छ ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved