मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारको टिम विजयी

  • असार २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /नेपाली कांग्रेसले आयोजना गरेको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा नेपाल नेपाल पत्रकार महासंघ सुनसरीको टीम विजयी भएको छ । नेपाली कांग्रेसको क्षेत्र नं. १ सुनसरी तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको अवसरमा सुनसरी–१ कांग्रेसले आयोजना गरेको मैत्रीपूर्ण प्रतियोगितामा नेपाली कांग्रेस, सुनसरी क्षेत्र नं. १ को टीमलाई ५–४ ले हराउंदै नेपाल पत्रकार महासंघ सुनसरीको टीम विजयी भएको हो ।

६० मिनेट अवधि निर्धारण गरिएको खेलको पहिलो हाफको १५ औं मिनेटमा कांग्रेसका अर्जुन राईले पहिलो गोल गरेपनि २५औं मिनेटमा महासंघका धिरेन लिम्वुले १ गोल गरी वराबरीमा ल्याएका थिए । पहिलो हाफ बराबरीमा सकिएको थियो । दोश्रो हाफको ३५औं र ४२औं मिनेटमा महासंघका धिरेन लिम्वुले पुनः गोल गरी ह्याट्रिक गर्र्दै टीमलाई ३–१ को अग्रता दिलाएका थिए ।

४७औं मिनेटमा कांग्रेसका भुपाल राईले १ गोल गरी खेललाई ३–२ अन्तरमा ल्याए । ५१औं मिनेटमा महासंघका विकास राईले थप १ गोल गरी ४–२ को अग्रता बढाएका थिए । लगत्तै ५३औं मिनेटमा कांग्रेसका किशोर राईले १ गोल गरी खेललाई ४–३ को अन्तरमा ल्याउन सफल भएका थिए ।

अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धामक रहेको खेलको ५५ औं मिनेटमा महासंघका धिरेन लिम्वुले पुनः गोल गरी आफ्नो टिमलाई ५–३ ले अगाडि बढाउंदै जीत पक्का गरेका थिए । खेलको अन्तिम मिनेटमा कांग्रेसका सुरज श्रेष्ठले गोल गरी खेललाई ५–४ मा ल्याएका थिए ।

foodl-games

खेलको म्यान अफ द म्याच महासंघका धिरेन लिम्वु घोषित भए भने वेष्ट प्लेयर कांग्रेसका किशोर राई घोषित भएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मीनबहादुर विश्वकर्मा, पूर्व प्रदेश प्रमुख डा. गोविन्द तुम्वाहाङ, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, क्षेत्रीय सहसचिव तथा खेलकुद विभाग प्रमुख सुमित राई, क्षेत्रीय सहसचिव भोजराज न्यौपाने, हङकङ नेपाली महासंघका पूर्व अध्यक्ष तथा क्षेत्रीय सदस्य प्रदिप थापा लगायतले खेलाडीहरुलाई कप, मेडल र प्रमाण–पत्र प्रदान गरेका थिए ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षता र नेपाली कांग्रेसका पूर्व नगर सभापति तथा एन्फाका प्रदेश अध्यक्ष किशोर राईको संयोजकत्वमा भएको प्रतियोगिताको औपचारिक कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रदेश प्रमुख डा. गोविन्द तुम्वाहाङ, कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा, जिल्ला सचिव माधव घिसिङ, सभापति तामाङ, संयोजक राई लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रदेश सदस्य गणेश परियार, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ र १(२) सभापति मुरारी भट्टराई, धरान नगर सभापति श्याम पोखरेल, क्षेत्रीय सचिवद्धय महेन्द्र प्रधान र केशव पुरी, क्षेत्रीय सल्लाहकार रामराज महत, निर्मला गुरुङ र शेखर कार्की, क्षेत्रीय सदस्यहरु पर्शुराम चौधरी, प्रदिप राई, गोपाल कार्की, सोन्ताश राई प्रदेशसभा १ (१) सचिव राजेन्द्र राई र कोषाध्यक्ष रविना सुब्बा, नगर सचिव जितेन्द्र राई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

कांग्रेसले असार २९ र ३० गते प्रभावशाली यूवा नेता तथा महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा धरान १३ स्थित धरान व्यान्क्वेटमा दुईदिने सम्मेलन गर्ने जनाएको छ ।

सुनसरी – १ कांग्रेसले सम्मेलनको अवसरमा फुटवलको अतिरिक्त मन्दिर, मस्जिद, गुम्बा र चर्च सरसफाई, व्याडमिन्टन प्रतियोगिता तथा रस्सीतान प्रतियोगिता समेत सम्पन्न गरिसकेको छ । 

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

धरानबाट प्रतिबन्धित ...

सुनसरी/ धरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved