'कोशी प्रदेशको पाँचौ मुख्य मन्त्री' को हुन् त उद्धव थापा ?

  • असार २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /कोशी प्रदेशको पाँचौ मुख्य मन्त्रीमा नेपाली काँग्रेसका नेता उद्धव थापा चुनिएका छन् ।

प्रदेशका मुख्य मन्त्री बनेका नेपाली काँग्रेसको कोशी प्रदेश सांसदीय दलका नेता थापाको राजनीतिकलाई संक्षेपमा भन्नुपर्दा उनी नेपाली काँग्रेसका पुराना कार्यकर्ता हुन् ।

झापा जिल्लाका बासिन्दा उद्धव थापाले बीपी कोइरालाको सुरक्षा दस्ता हुदै काँग्रेस प्रदेश सभापति सम्मको तय गरिसकेका छन् ।

२०३४ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरु गरेका थापा दुई कार्यकाल सभापति, २०३६ सालको जनमत संग्रहमा पञ्चायती व्यवस्था विरुद्ध बहुदलीय व्यवस्था स्थापनाका लागि उनी प्रचार अभियानमा सक्रिय भएर लागेका थिए ।

बीपी कोइरालाको सुरक्षा दस्तामा सहभागी भएका थापा नेपाली काँग्रेस अर्जुधारा गाउँपालिकाको सचिव र सभापति भएर एक एक कार्यकाल कुशलतापूर्वक सम्पन्न गरेका थिए ।

झापा क्षेत्र नं. २ को क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको काम गरेका थिए । थापा दोस्रो जनआन्दोलनका क्रममा पक्राउ परेका थिए ।

तत्कालीन साही नेपाली सेनाको मातहतमा रहेको युनिफाइड कमाण्डले पक्राउ गरेर झापा चारआलीस्थित सैनिक व्यारेकमा राखेर उनलाई यातना दिइएको थियो ।

थापाले वाणिज्य शास्त्रमा स्नातक गरेका छन् ।

दुई पटक प्रतिनिधिसभा निर्वाचनमा परिजित भोगेका थापा हाल नेपाली काँग्रेसको कोशी प्रदेश संसदीय दलका नेता रहेका छन् ।

कुल ९३ सांसद रहेको कोशी प्रदेशसभामा वहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

कोशीमा गठबन्धन दल काँग्रेसको २९, माओवादी केन्द्रको सभामुख सहित १३, नेकपा एसको ४ र जसपाको १ गरी ४७ मत छ ।

एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ, यद्यपि उनले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतले नेकपा एमालेकै नेतृत्वमा सरकार गठन हुनेछ ।

नेकपन एमाले सुनसरीका ...

सुनसरी/ नेकपा एमाले सुनसरी जिल्लाकाे आठाैं अधिवेशनको अव ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

आधारभूत पत्रकारिता क ...

धरान/ यहाँस्थित सैनिक आवासीय महाविद्यालयमा बुधबार एकदिन ...

पत्रकारको हितमा १ कर ...

विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved