धरानमा डेंगुको विरामी बढ्दै स्थानीय सरकारले नियन्त्रणको प्रयास गर्दै

  • असार २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /धरानमा डेंगु रोग माहामारीको रुपमा फैलिएको छ ।

उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न निजी अस्पताल तथा क्लिनिकमा चेक गर्न आउनेहरुमा डेंगो रोगका संक्रमण पाइएको हो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले डेंगुका विरामी बढेका छन् ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणि पोख्रेलले प्रतिष्ठानमा कोशी प्रदेश र मधेश प्रदेशबाट डेंगुका विरामी अत्याधिक मात्रामा उपचारका लागि बीपीमा आएको बताए ।

तराई जिल्लामा मात्र देखिने डेंगु पूर्वी पहाडी जिल्ला तेह्रथुम, ताप्लेजुङ, धनकुटा, इलाम, पाँचथरबाट पनि फाट्टफुट्ट डेंगुका विरामी आएको उनको भनाइृ छ । 

वैसाख३ देखि जेष्ठ अन्तिमसम्मको तथ्यंकलाई हेर्दा पनि प्रतिष्ठानमा १ सय ५० जना विरामी डेंगु संक्रमण भएर उपचारमा आएको उनको भनाई छ ।

यो सम्पूर्ण विरामीको २० प्रतिशत हुन आउँछ ।

असार १ देखि दास्रो हप्तासम्म यो संख्या बढेर विरामीको संख्या ३६ प्रतिशत पुग्यो । असार १३ देखि २० गतेसम्मको रेकर्ड हेर्दा ७० प्रतिशत डेंगुका विरामी आएको सहप्रवक्ता डा. पोख्रलले जानकारी दिए ।

मौसम परिवर्तनसंगै लामखुटेको टोकाइबाट हुने यो रोगबाट धरानर्मा संक्रमण भएको पाइएको छ ।

डेंगु ज्वरो लागेको बिरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे (एडिज) मा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ ।

डेंगु ज्वरोको रोगीको रगत अरुलाई चढाउदा अङ्ग प्रत्यारोपण गर्दा पनि यो रोग सर्ने सम्भावना रहन्छ । चिकित्सकका अनुसार डेंगु भाइरस एडिज लामखट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ ।

डेंगु भाइरसको संक्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरु देखिन थाल्छन् ।

यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने गर्छ ।

डेंगुका विरामी बढ्दै गएपछि स्थानीय सरकारहरुले यसको न्यूनिकरणका उपायहरु अबलम्बन गर्न थालिएको छ् ।

वडाहरुले अहिले लामखुटे भगाउन फगीङ गर्ने, डेंगुबाट बच्नका लागि जनचेतना बढाउने कामलाई तिब्रता दिदै आएको धरान ३ का वडाध्यक्ष विद्या शाक्यले बताए ।

धरान उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले ४ बर्ष अगाडि धरानमा अत्याधिक डेंगु संक्रमण बढेको बताउदै सोही रेसियोमा अहिले संक्रमण बढ्दै गएको बताए ।

चारबर्ष अगाडि ३ हजार बढी डेगु संक्रमण भएको बताउदै त्यो बेला डेंगुका कारण मृत्यु नभए पनि यसपटक भने धरान १७ फोक्लेन टापुको ३३ बर्षकी एक महिलाको डेंगुकै कारण मृत्यु भएको बताए ।

डेंगु संक्रमण २० वटै वडामा फैलिएकोले संक्रमण रोक्नका लागि फगिङ गर्ने, लार्भा नष्ट गर्ने अभियान अन्तर्गत ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानलाई अगाडि बढाइएको बताए ।

डेंगो लागेको शंका लागेमा तत्काल उपचारका लागि अस्पताल जान उनले आग्रह गरे । लामखुटेको टोकाइबाट हुने यो रोगबाट बच्न घरका वरिपरि भएका फोहोर,

खाल्डाखुल्डी पुर्नपर्ने र राती सुत्दा मच्छेटदानी लगाएर सुत्नुपर्ने लगायतका जनचेनतामूलक कार्यक्रम अगाडि बढाएको स्वास्थ्य महाशाखा प्रमुख मेहताको भनाइृ छ ।

यसबाट बच्न सावधानी अपनाउन स्वास्थ्य महाशाखाले सर्वसाधारणलाई सचेत रहन अनुरोध समेत गरेको छ ।

नेकपा एमाले सुनसरीका ...

सुनसरी/ नेकपा एमाले सुनसरी जिल्लाकाे आठाैं अधिवेशनको अव ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

आधारभूत पत्रकारिता क ...

धरान/ यहाँस्थित सैनिक आवासीय महाविद्यालयमा बुधबार एकदिन ...

पत्रकारको हितमा १ कर ...

विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved