च्यारिटी सो गरेर क्यान्सर पीडितलाई सहयोग

  • असार २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ दुई जना क्यान्सर पीडित बालकलाई सहयोग गर्न धरानमा नेपाली ऐतिहासिक कथानक चलचित्र १२ नेपाली एक चिहान नामक च्यारिटी सो को आयोजना गरिएको छ ।

धरान ८ का एक बालक र इनरुवा नगरपालिकाका एक गरी दुई जना बोनमेरो क्यान्सर पीडितलाई बालकलाई सहयोग गर्न च्यारिटी सो को आयोजना गरिएको हो ।

धरान १९ स्थित अपांग तथा असहाय पुनस्र्थापना केन्द्रको आयोजनामा चलचित्र निर्माता निर्देशक अरुण प्रधानले सहयोग गर्ने उद्देश्यले च्यारिटी सोको आयोजना गरिएको निर्माता निर्देशक प्रधानले जानकारी दिए ।

उनले सानो अभियानको रुपमा आफूहरुले थालनी मात्र गरेको बताउदै क्यान्सर निको हुनका लागि वोनमेरो परिवर्तन गर्नुपर्ने र त्यसका लागि एक जनाको १५ लाख रुपैया आवश्यक पर्ने भएकोले सहयोग जुटाउने अभियान अनुरुप च्यारिटी सो को आयोजना गरिएको बताए ।

यसलाई अभियानको रुपमा लिएर च्यारटी सोबाट उठेको रकम उहाँहरुकै खातामा जम्मा गरिदिने उनको भनाई छ ।

चलिचत्र निर्माणसँगै पीडितको   सहयोगका लागि फेसबुक पेज बनाउने, स्वदेश तथा विदेशमा रहेका सहयोगी हातहरुलाई पीडितकै खातामा जम्मा गर्ने गरी आवहान गरिने बताए ।

रोजगारीका लागि इराक पुगेका नेपालीहरुको हत्या भएको २३ बर्ष पुगेको छ

२०६१ भदौ १६ गते सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले विभत्स हत्या गरेको थियो । उनीहरुकै पेरिफेरिमा रहेको यो चलचित्र निर्माण गरिएको निर्माता निर्देशक प्रधानले बताए ।

धरान १९ मा रहेको अपांग तथा असहाय केन्द्रले यस भन्दा अगाडि एक जना पीडितका लागि ८० हजार सहयोग गरिसकेको छ । अब बाँकी १ लाख खातामा जम्मा गर्ने केन्द्रका निर्देशक सुनिल खड्काले बताए ।

थोपा थोपाले सागर बन्छ भनेजस्तै सानो सानो सहयोगले ठूलो रकम जम्मा हुने र यसले उपचारमा सहयोग पुग्ने धरान १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण) ले जानकारी दिए ।

यस्ता सहयोगका कार्यक्रम यहाँमात्र हैन सबैतिर हुनुपर्ने उनको भनाई थियो ।

पछिल्लो समय सहयोग माग्नेको संख्या बजारमा यत्रतत्र पाइए पनि समाजमा केही दिएर सहयोग माग्दा प्रभावकारी हुने र धेरै सहयोग जुट्ने अभिनेत्री शान्ति पाख्रिनले बताइन् ।

च्यारिटी सोबाट ४५ हजार रुपैया उठेकोमा उठेको रकमबाट दुई जना पीडिलाई ७–७ हजार प्रदान गरिएको थियो ।

सुनसरीको झुक्काका बर्ष ३ का रिसव चौधरी र धरान ८ का बर्ष ५ का धनराज परियारलाईलाई सहयोग गरिएको हो ।

चौधरीका बाबा आफै अपाग भएको र परियारको परिवारको अवस्था कमजोर भएका कारण उपचार गराउन कठिन भएको थियो ।

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

नेकपा एमाले सुनसरीका ...

सुनसरी/ नेकपा एमाले सुनसरी जिल्लाकाे आठाैं अधिवेशनको अव ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

आधारभूत पत्रकारिता क ...

धरान/ यहाँस्थित सैनिक आवासीय महाविद्यालयमा बुधबार एकदिन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved