सभामुखको हस्ताक्षर विरुद्ध अदालत जाने तयारी

  • असार २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सत्ता गठबन्धनले कोशी प्रदेशमा सरकार बनाउन सभामुखलाइ समर्थनमा हस्ताक्षर गर्न लगाएको विरुद्ध नेकपा एमाले र राप्रपा अदालत जाने भएका छन् ।

सत्ता गठबन्धनले बिहीबार नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्दा सभामुख बाबुराम गौतमको हस्ताक्षर सहित ४७ जनाको समर्थन पेश गरेको थियो ।

यसबारे एमाले र राप्रपा गठबन्धनका नेताहरूले कानुनी परामर्श गरिरहेको बताएका छन् ।

सविधानले प्रदेश सभामा बराबरी मत भएमा मात्रै सभामुखले निर्णायक मत दिने अनुमती दिएको छ।

तर, गठबन्धनले सभामुखलाई पनि सरकार बनाउने संख्यामा प्रयोग गरेपछि विवाद बढेको छ।

राप्रपा कोशी संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले गठबन्धनले संविधानविपरीत काम गरेको भन्दै अदालत जाने तयारी भएको जानकारी दिएका छन।

बिहीबार मात्रै कामचलाउ मुख्यमन्त्री हिक्मत कार्की र राप्रपा नेता सिटौलाले प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर सभामुखसमेतको हस्ताक्षर लिएर गठबन्धनलाई मुख्यमन्त्री नबनाउन माग गरेका थिए।

तर, प्रदेश प्रमुखले भने थापाको दाबी पेश भएपछि उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved