धरानको नगरसभा स्थगित असार २५ मा सारियो "वडागत र बिषयगत समितिको बजेट कार्यक्रम नआएपछी "

  • असार २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  तोकिएको समयसिमा भित्र वडागत र बिषयगत समितिको बिस्तृत बजेट तथा कार्यक्रमहरु नआए पछि धरान उपमहानगरपालिकाको आज हुने भनिएको दोस्रो नगर सभा स्थगित भएको छ ।

असार २० गते बुधबार सम्मा सबै वडा र बिषयगत समितिहरुलाइ तोकिएको सिलिङ अनुसारको बजेट तथा कार्यक्रम बनाइ बुझाउन समय तोकिएको थियो

तर समय सिमा भित्र कार्यक्रमहरु नआइपुगेकोले बुधबार बसेको कार्यपालिका बैठकले असार २५ गते सम्मका लागि नगरसभाको मिति सारेको छ ।

गत असार १० गते उदघाटन भएर स्थगित भएको धरान उपमहानगरपालिकाको नगर सभा आज असार २१ गतेलाइ तोकिएको थियो ।

वडामा पठाएको बजेट सिलिङ घटाएर पठाएकाले जनताको आवश्यकता अनुसार काम गर्न नसकिने भएकाले बजेट तथा कार्यक्रम बनाउन वडाध्यक्षहरुले आनाकानी गरिरहेका छन् 

केही वडाध्यक्षहरुले बजेट नै नलाने पनि बताइरहेका छन् ।

वडाको बजेट घट्दा अबण्डा देखिने मेयर र उपमेयर कोषमा बजेट बढे पछि पनि जनप्रतिनिधिको गुनासो बढेको हो ।

नगर सभा सदस्यहरुले मेयर र उपमेयर कोष खारेज गरिनु पर्ने माग गरेका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved