सिमा बिबाद चर्काउदै धरान र इटहरीका मेयर, समाधानका लागि समिती बन्ने

  • असार २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 धरान/  सिमा बिबादलाइ लिएर पुनः धरान र इटहरी उपमहानगरपालिकाका दुई मेयर बिच दोहोरी चलिरहेको छ ।

केही महिना अघि धरानका मेयर हर्कराज राइले तरहरा मास्तिर पानीपियामा धरानको सिमा प्रारम्भ भएको बोर्ड राख्न लगाएका थिए ।

लगत्तै इटहरीको तर्फबाट एमाले निकट युवा संघले बोर्ड हटाएको थियो ।

त्यसपछी दुबै नगरका मेयर बिच सिमा विवादलाई लिएर दोहोरी शुरु भएको हो ।

सिमा बिबादले नागरिक बिच द्वन्द्व निम्त्याउन सक्ने भन्दै दुबै नगरका मेयरको आलोचना हुन थाले पछि सम्बम्धित निकायलाइ पहल गर्नका लागि सुझाब आएको थियो ।

सुझाबकै आधारमा धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले जिल्ला समन्वय समिति सुनसरीलाइ पहल गर्ने निर्णय गरेको थियो ।

सोही समय खानेपानी ल्याउने विषयमा धरान र बराहक्षेत्र बिच चलिरहेको बिबाद सुल्झाउन सहजीकरण गर्न आएका जिल्ला समन्वय समितिका अध्यक्ष राजन मेहेताले इटहरी र धरानको सिमा विवाद समाधान गर्न सहजीकरण गर्ने बताएका थिए ।

अहिले फेरि धरान र इटहरीको सिमा विवादले दुबै नगरका मेयरहरु दोहोरी खेल्न थालेका छन् ।

धरानका मेयर राइले पुनः सोमबार बिहान नगर प्रहरीलाई पानीपियामा सिमा प्रारम्भको बोर्ड राख्न लगाए ।

धरानले बोर्ड राखेको केही घण्टा पनि नबित्दै इटहरीका प्रमुख हेमकर्ण पौडेलको निर्देशन बोर्ड हटाउन लगाइयो ।

दुबै नगरका प्रमुखले सहजीकरणको बाटो खोज्नुको साटो सामाजिक संजाल मार्फत दोहोरी खेलिरहेको स्टाटसहरु अहिले भाइरल बनेका छन् ।

बोर्ड लगाउनु अघि धरानका मेयर राइले सामाजिक संजालमा `इटहरी नगरपालिका जिल्ला समन्वय समितिले बोलाउँदा कहिल्यै नआउने ! सिमा मिच्दा अरु चुपो लागेका थिए ! म चुपो लाग्दिन अब कानुनी कारवाही अघि बढाइन्छ !

हेरौँ के बोल्दो रैछ अदालतले !´ स्टाटस लगाएको थिए । यता इतहरीका मेयर पौडेलले सामाजिक संजालमा भिडियो मार्फत दुबै नागरिक बिच कुनै द्वन्द्व भए जिम्मेवारी धरानका मेयरले लिनुपर्ने चेतावनी दिएका छन् ।

उनले भिडियोमा समन्वय र संवाद अनुसार सीमा विवाद अन्त्य गर्नु पर्नेमा धरानले मनोमानी गरेको बताएका छन् ।

छलफलबाट समाधान गर्ने विषयमा पालिका पालिका भिडाउने काम भएको पौडेलले आरोप लगाएका छन् ।

उनले भनेका छन्, `जनप्रतिनिधि भएर आए पछि दुबै नगरले गरेका कामहरुको मुल्यांकन गरौ, कस्ले कति काम गरेको छ, हेरौ ।´ ईटहरीका मेयर जिल्ला समन्वय समितिले बोलाउँदा नआउने छलफलमा भाग नलिने धरानका मेयर राइको आरोप छ ।

उनले सामाजिक संजालमा लेखेका छन्, `नापी विभागले दिएको सिमाना खोज्या हो मैले ! पहिलेका धराने मेयरहरुले सेउतीलाई सिमाना स्वीकारे भन्दैमा मैले नि मान्दिनु पर्ने छैन !

म आफ्नो क्षेत्राधिकार सुनिश्चित गर्नेछु ! कसैले अन्यथा नमान्दिनु होला !´

दुबै तर्फका मेयरहरुको दोहोरीले नागरिकहरुमा द्वन्द्व चर्काउने सम्भावना बढ्दै गए पछि जिल्ला समन्वय समितिले बिबाद समाधानको लागि समिती बनाउने भएको छ ।

समितिका सभापति राजन मेहताले अन्तरिकरुपमा गृहकार्य भइरहेको र समाधान गर्न समिति गठन गर्ने जानकारी दिएका हुन् ।

उनका अनुसार साविक हाँसपोसा गाविस हुदादेखिकै सिमा क्षेत्र अध्ययन भइरहेको, हाँसपोसा समायोजन हुँदा धरान र इटहरीमा के कति क्षेत्र गाभिएको हो भन्ने अध्ययन भइरहेको बताए ।

नापी र मालपोत कार्यालयसँग पनि यो बिषयमा आवश्यक समन्वय हुने उनले बताए ।

धरानबाट सिमा विवाद मिलाउन पहिल्यै पत्राचार भएको जानकारी दिदै अध्ययन भइरहदा पुनः नयाँ विवाद सृर्जना भएको उनले बताए ।

पत्रकारको हितमा १ कर ...

विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समि ...

जग्गा मन्दिरकै हो,ज ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबार ...

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

बैशाख महिनाभित्र आगल ...

सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved