मेरिल्याण्ड कलेज `शिक्षा सेवा´बाट सम्मानित

  • असार १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 बिराटनगर/  विराटनगर स्थित रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजलाई फोकस नेपालले `शिक्षा सेवा´ सम्मान गरेको छ ।
 
शिक्षाक्षेत्रमा उत्कृष्ट हासिल गरेको भन्दै शनिबार काठमाडौँमा भएको एक कार्यक्रम विच कलेजलाई सम्मान गरेको हो ।
 
देशभरिका उत्कृष्ट कलेजलाई हरेक वर्ष फोकस नेपाल र नेपाल सरकारले शिक्षा सेवामा राम्रो काम बापत सम्मान गर्दै आएको छ ।
 
मेरिल्याण्ड व्यवस्थापन शिक्षामा पूर्व तथा देशकै एक अग्रणी शैक्षिक संस्था भएकोले पुरस्कार प्रदान गरिएको आयोजक संस्थाका राज्य चन्द्र पोखरेलले जानकारी दिए ।
 
मेरिल्याण्ड कलेजका डाईरेक्टर तथा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले सम्मानपत्र ग्रहण गरेका थिए ।
 
सम्मान पत्र पूर्वमन्त्री अर्जुन नरसिंह केसीले हस्तान्तरण गरेका थिए ।
 
गतवर्ष कक्षा १२ को परिक्षामा नेपालमै सर्वाधिक ३दशमलव ९६ जीपीए ल्याई दिया अग्रवाल नेपाल प्रथम भएकी थिइन् ।
 
मेरिल्याण्ड कलेज विराटनगरको व्यवस्थापन मात्र पढाई हुने एक उत्कृष्ट शैशिक संस्था मानिदै आएको छ ।
 
कलेजमा अध्ययन गरेका विद्यार्थीहरु बिभिन्न बैंक, सरकारी कार्यालय, मिडिया, कर्पोरेट सेक्टरका साथै अधिकांस उद्यामी बनेर अन्यलाई समेत रोजगारी दिदै आएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए ।
कलेजले बिद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै प्रदान नगरी अन्य बिभिन्न क्रियाकलापमा समेत सामेल गराउदै आएको ढकालले जानकारी दिए ।
 

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved