इटहरीले हटाइदियो धरानको सिमा बोर्ड

  • असार १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान उपमहानगरपालिकाले पानीपियामा राखेको सिमा प्रारम्भको वोर्ड इटहरी उपमहानगरपालिकाले दिउसो हटाइदिएको छ । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले नगर प्रहरी पठाएर बोर्ड हटाउन लगाएका हुन ।

सोमबार विहान मात्र धरानका मेयर हर्कराज राई (साम्पाङ)ले नगर प्रहरी पठाएर पानीपियामा सिमा प्रारम्भ बोर्ड लगाउन लगाएका थिए । धरानको आधिकारीक सिमानमा आफुले वार्ड राख्न लगाएको मेयर साम्पाङको भनाइ छ । जिल्ला समन्वय समितीलाई सिमाना विबाद मिलाउन आग्रह गरेपनि वास्ता नगरेपछि आफुले वार्ड राख्न लगाएको मेयर साम्पाङको तर्क छ । इटहरी उपमहानगरपालिकाले भने धरानका मेयरले सिमानाको टुंगो लगानउने ब्यबस्था नभएको बताएको छ ।

मेयर हेमकर्ण पौडेलले इटहरीले ले भोगचलन गरिरहेको सिमाक्षेत्रमा कसैले दावी गर्दैमा उसको नहुने बताएका छन् । सिमा विबादका विषयमा यस अघि नै बसेर छलफल गर्न अनुरोध गरेको पनि उनले बताएका छन् ।यस अघि मेयर साम्पाङले लगाएको बोर्ड्र एमाले निकट राष्ट्रिय युवा सघंले हटाएको थियो । त्यस बेला दुई पालिका विचभन्दा पनि धरान र युवा सघं विच विबाद भएको संदेश गएको थियो । यस पटक भने इटहरी उपमहानगरपालिकाले आफै वोर्ड हटाएको छ ।
यो सँगै धरान र इटहरीको सिमाना विवाद उत्कर्षमा पुगेको छ ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved