करौडोको बजेट पानीमा, अझै बनेन भलुवा सिमसार

  • असार १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt -दिपेश रोक्का

कानेपोखरी /  मोरङको कानेपोखरी - ७ मा रहेको भलुवा सिमसारको लागि करोडौ रुपैया बजेट बिनियोजन गरेपनी बालुवामा पानी हाले सरह भएको छ ।

दुई वर्ष अघि देखि शुरु भएको भलुवा सिमसारको काम अझै अलपत्र परेको छ।

सिमसार निर्माणको काम सुरु भए पनि अहिलेसम्म निर्माण कार्य सम्पन्न्न भएको छैन ।

भलुवा सिमसारलाई पुर्बकै नमुना पर्यटकीय क्षेत्र बनाउन निर्माण कार्य सुरु भएको थियो। कानेपोखरी गाउँपालिकाको अध्यक्ष तारा बहादुर काफ्ले हुदा नै भलुवा सिमसारको शिलान्यास उनले आफै गरेका थिए ।

भलुवा सिमसार निर्माणको लागि ३ करोड ६५ लाख ९८ हजार ८ सय ७० रुपैयामा झस्काई सएस मुटुयल जेबि  कम्पनीले ठेक्का लिएको थियो ।

अहिले सम्म आधा काम मात्रा सम्पन्न भएको छ । ठेकेदार कम्पनीले दुई बर्ष भित्र सम्पन्न हुने गरि काम सुरु गरेको थियो ।

वडा नं-७ का वडा अध्यक्ष मोहन प्रसाद अधिकारीले करिब दुई बर्ष बितिसक्न लाग्दा पनि भलुवा सिमसारको काम आधा पनि सम्पन्न नभएको बताए ।
पुर्वमन्त्री भानुभक्त ढकाल ले भलुवा सिमसार झलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न ५ करोड बजेट बिनियोजन गरेका थिए ।

मन्त्रालय बाट ७० प्रतिशत र गाउँपालिकाले ३० प्रतिशत व्यवहोर्ने गरि रकम बिनियोजन गरिएको थियो ।

पुर्ब पश्चिम राजमार्ग कानेपोखरी चोक देखि करिब तीन किलोमीटर दक्षिणमा रहेको सिमसार तथा जलाधार क्षेत्र रहेको छ ।

ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र भित्र रहेको तल्लो भागमा मात्र करिब १४ हेक्टर जमिनमा सिमसार फैलिएको छ ।

वन्यजन्तुको लागि सानो चिडियाखाना , ट्री हाउस , वनभोज खाने कटेज , स्वागत गेट , कल्भट , विश्रामलय , पाले बस्ने ठाउँ, शौचालय , पोखरी , पोखरीको विचमा पुलको निर्माण , सभाहल सहितको पाहुना वस्ने घर लगाएत संरचना निर्माण हुने भनिएको थियो ।

तत्कालीन वन समितीका अध्यक्ष हरि पौडेलले भलुवा सिमसार क्षेत्रलाई वनको भावी कार्ययोजनामा समेटि १० बर्षमा पुर्वकै प्रमुख पर्यटकीय स्थल बनाउने घोषणा गरेका थिए ।

उति खेर बजेट अभावको कारण काम हुनु सकेको थिएन ।

सिमसार संरक्षण र सम्बर्द्धनको लागी लाखौ बजेट निकासा भएपनी यस्को उन्नति र सोचेअनुरुप काम नभएको स्थानीयको भनाइ छ।

इलाम २ उप निर्वाचन १ ...

इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद ...

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved