युवा उद्यमशिलता र महिला स्वरोजगारका लागि तालिम

  • असार १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर/  कोशि प्रदेश सरकारको सहयोग र धरान उपमाहानगरपालिका समन्वय र सहजिकरणमा धरानका युवा तथा महिलाहरुलाई स्वरोजगारमुखी तालिम प्रदान गरिएको छ

धरानका महिलाहरुलाई लक्षीत गरि कपडाको व्याग, ढाकाको व्याग र टेडिवेयर बनाउने एक हप्ते तालिम प्रदान गरिएको हो ।

तालिमको आईतबार समापन गरिएको छ ।

sss

पकलि टेक्नोलोजी इन्स्टिच्युट प्रा.लि.को आयोजनामा भएको तालिममा १५ जना महिलाहरुले सहभागी जनाएका थिए । तालिमको प्रशिक्षक हातेमालो महिला सामुहिक डम्बर कुमारी श्रेष्ठ, विन्दु बास्तोला र रोशनि राई रहेका थिए ।

समापन कार्यक्रमको प्रमुख अथिती प्रदेशसभा सदस्य यशोदा कायस्थले आजको आवश्कता समृद्ध नेपाल सुखि नेपाली बनाउन उद्यमशिलको आवश्यकता भएकाले युवा र महिलाहरुले स्वरोजगारमुखी बनाउन आवश्यक रहेको बताइन् ।

उनले भनिन्, देशमा नै केहि गर्ने सकुन, रोजगारीका लागि विदेश पलाएन हुन नपरोस भने उदेश्यले विशेषगरी महिलाहरुलाई उद्यमशिल र सशक्तित्करण बनाउने उदेश्यले प्रदेश सरकार संग बारम्बार पहल गरेर बजेट ब्यवस्था गरिएको छ ।

प्रदेश सरकारले ७ लाख बजेट धरान नगरपालिकामा वियोजन गरेर विभिन्न सिपमुलक कार्यक्रम ल्याएको उनले बताइन् ।

बजेटबाट ३ वटा तालिम गराएको उनको भनाइ छ ।

३ लाख लागतमा व्याग र टेडिवेयर तालिम, ईलेक्ट्रोनिस, ब्युटीपार्लर, वरमाला र सुकुटिको अचार बनाउने एक एक लाख गरी ७ लाख लागत लागेको उनले बताइन् ।

समापन कार्यक्रममा धरान उपमाहानगरपालिकाका आर्थीक विकास अधिकृत भक्तीराज शर्मा, धरान वडा नम्बर १२ की वडा सदस्य तथा कार्यपालिका सदस्य विनिता बज्राचार्य, पकलि टेकनोलोजी इन्टिच्युट प्रा.ली.का निर्देशक बलराम दाहाल , प्रशिक्षक डम्बर कुमारी श्रेष्ठ, नेवा देयदबुका नगर अध्यक्ष मनोहर शाक्य, मोहन श्रेष्ठको उपस्थीति रहेको थियो ।

s

इलामको जिम्मा सुहाङक ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इल ...

इलाम २ उप निर्वाचन १ ...

इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद ...

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved