एसइई स्पिकर २०८० को उपाधी नडाहाकी एन्जिला लाई

  • असार १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /र्‍याडीकल लाइट नेपाल धरानले सञ्चालन गरेको

एसइई स्पिकर २०८० को उपाधि बराहक्षेत्र नगरपालिकाको बाल मन्दिर नडाहाकी एन्जिला कार्कीले जितेकी छिन् ।

प्रतियोगिताको शनिबार भएको फाइनलमा विजेता बनेकी कार्कीले पुरस्कार स्वरूप नगद २० हजार रुपैयाँ साथै प्लस टु पढ्न पूर्ण छात्रवृत्ति प्राप्त गरिन।

अन्तिम चरणको प्रतियोगितामा फष्ट रनरअपको उपाधि शारदा बालिका स्कुलकी अनुशा राईले हासिल गरिन् । उनले नगद १५ हजार रुपैयाँ, प्लस टु अध्ययनमा ७० प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन्।

सेकेण्ड रनरअप सरस्वती मावि पानमारीकी स्नेहा निरौला भइन ।

उनले नगद १० हजार रुपैयाँ, प्लस टु अध्ययनमा ६० प्रतिशत छात्रवृत्ति प्राप्त गरेकिछिन् ।

थर्ड रनरअप सान्त्वना पुरस्कार चन्द्र संस्कृत माविका सागर दाहालले प्राप्त गरे । उनले नगद ५ हजार रुपैयाँ, प्लस टुमा ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन् ।

जेठ २० गते भएको सेमिफाइनलबाट उत्कृष्ट १० जना फाइनलमा प्रवेश गरेका थिए ।t

प्रतियोगितामा बेस्ट परफरमेन्स जनता मावि नडाहाकी अनिता कार्की, बेस्ट टेयालेन्ट धरान आदर्श बोर्डिङ माविका सुदर्शन ढुङ्गेल, मस्ट सिन्सियर सरस्वती माविकी बिपना मग्राति घोषित भए ।

मस्ट पङ्चुअल जडेजा मावि कालाबन्जारकी मुना कटुवाल, मस्ट एक्टिभ सरस्वती माविका दिनेश खरेल, मस्ट डिसिप्लिन नबोदय विद्या मन्दिरकी सोप्रीया राई घोषित भए भने उनिहरुले प्रमाणपत्र र प्लस टुमा ३० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन् ।

धरान–१३ वडा कार्यालयको सभाहलमा भएको अन्तिम प्रतिस्पर्धा तथा समापनमा प्रमुख अतिथि शिक्षा मन्त्री अशोक राईले प्रतियोगीहरूलाई पुरस्कार प्रदान गरेका थिए ।tt

धरान –१३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले, वडा १४ का अध्यक्ष कृष्ण प्रसाद लगायतले शुभकामना दिएका थिए ।

प्रतियोगिताको निर्णायकहरूमा महेन्द्र क्याम्पसका उपप्राध्यापक राजेश विद्रोही, सहिद स्मृति माविका शिक्षक टङ्क प्रसाद भट्टराई थिए ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved