पथरीले गर्यो पत्रकार बेघा र मिडिया प्रदेशलाई सम्मान

  • असार १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt - दिपेश रोक्का

पथरी/  मोरङको पथरी शनिस्चरे नगरपालीकाले पत्रकार फिपराज बेघा र उत्कृष्ट मिडियाको रुपमा प्रदेश दैनिकलाई सम्मान गरेको छ ।

नगरले प्रत्येक बर्ष मिडिया प्रबर्द्धन कार्यक्रम अन्तर्गत पत्रकार तथा उत्कृष्ट मिडियालाई पुरस्कृत गर्दै आइरहेको छ ।

सम्मानित पत्रकार बेघा २०५७ सालदेखि साहारा द्वैमासिक पत्रीकामा सम्पादक भइ नगर क्षेत्रको बिकाश निर्माण, नगरको प्रचार प्रसारमा योगदान पुर्याउदै आउनु भएको छ ।

एलएलबी अध्यापन पूरा गरिसकेका बेघाले संघिय साप्ताहिक क्रेजी खबर डटकम , साइनो खबर डटकममा काम गरिसक्नु भएको छ भने उनी अहिले सेवारो पोस्टमा सम्पादकको रुपमा काम गरिरहेका छन।

सम्मानित पत्रकार बेघालाई नगर प्रमुख मोहन प्रसाद तुम्वापो , प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेलले संयुक्त रुपमा पत्रकार मुहार पेन्टिङ सम्मान पत्रसहित सम्मान गरेका थिए ।

साथै प्रदेश दैनिकका सञ्चालक भिमराज अधिकारिलाई उत्कृष्ट मिडियाको रुपमा सम्मान गरिएको थियो ।

कार्यक्रममा पत्रकार बेघाले पत्रकारितामा जिम्मेवारी अझै बढेको बताए ।

नगर प्रमुख तुम्बापोले नगरको बिकासमा तथा सामाजिक काममा पत्रकारको अहम भुमिका रहेको बताए।

नगरपालिकाले सुचना तथा सञ्चारको बिकासको लागि
२०७५ सालमा सूचना तथा सञ्चार कार्यविधि बनाएर नगरपालिका भित्र रहेका पत्रकारलाई सम्मान तथा मिडिया हाउसहरुलाई प्रोत्साहन स्वरुप नगद प्रदान गर्दै आएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved