पानीपियामा फेरी राखियो धरानको ‘सिमा प्रारम्भ’ बोर्ड

  • असार १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)को निर्देशनमा पानीपियामा पुनः धरानको सिमा प्रारम्भ बोर्ड राखिएको छ ।

सोमबार धरान नगर प्रहरीले उक्त बोर्ड राखेको हो । यस अघिपनि मेयर साम्पाङले बोर्ड राखेका थिए ।

राष्ट्रिय युवा सघं इटहरीले बोर्ड हटाएपछि आलोचना र सर्मथनहुन भएका थिए । दुई नगर विचको सिमाना विबाद मिलाउन धरानको कार्यपालिकाले जिल्ला समन्वय समितीलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

simanaa

तर जिल्ला समन्वय समितीबाट कुनै पहल नभएको भन्दै मेयर साम्पाङले पुनः बोर्ड राख्न निर्देशन दिएका हुन ।

पानीपियामा सिमा प्रारम्भ बोर्ड राखिएको धरान नगर प्रहरीका प्रमुख विष्णु कोइराला ले जानकारी दिए । मेयर साम्पाङकै निर्देशनमा नेपाल प्रहरीको सुरक्षा सिमा वोर्डपनि सेउतीपुलबाट हटाएको छ ।

प्रहरीले भने यसमा कुनै प्रतिकृया दिएको छैन ।प्रहरीको क्षेत्राधिकार भित्र नगर प्रमुख छिर्न मिल्दैन जिल्ला प्रशासन कार्यालय सुनसरीका एक अधिकारीले भने ‘ प्रहरीको सिमाना निक्यौल गर्ने अधिकार गृहमन्त्रालयलाई हुन्छ’ ।

नगरपालिकाले आफ्नो सिमामा बोर्ड राख्नु अन्यथा नभएपनि विवबाद भएको ठाउमा दुई पक्षिय सहमती पछि लगाउनु उपयुक्त हुने उनको भनाई छ।

सिमाना यकिन गर्ने विषयमा यस अघि तत्कालिन कार्यबाहक मेयर मञ्जु भण्डारी भएको बेला इटहरी उपमहानगरपालिका सँग औपचारीक बार्ता सुरु भएको थियो ।

तर उप चुनाबमा मेयर तिलक राई आएपछि यो विषय अगाडी बढेको थिएन ।

दुई ब्यक्ति विचको एक फिट जमिनको विबाद हुदा त आपसी छलफल र सहमती गराउनु पर्ने हुन्छ भने स्थानीय सरकारकै सिमानमा विबाद हुदा बल मिच्याइ भन्दा संबादबाट समाधान खोज्नु पर्ने विज्ञहरुको सुझाब छ ।

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved