सवारी दुर्घटना न्यूनीकरण गर्न चेतनामुलक कार्यक्रम आवश्यक : मुख्यमन्त्री कार्की

  • असार १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो सवारी दुर्घटना न्युनीकरण गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।

मङ्लबार देखि कोशी प्रदेशमा सुरु भएको ट्राफिक सप्ताह २०८० को समुद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले वर्षेनी हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नु परेको बताए ।

उनले भने, यातायात व्यवसायि, सवारी चालक, ट्राफिक प्रहरी, नेपाल प्रहरी लगायतका सरोकारवालाहरु बीच आपसी सहकार्य गरी काम गर्न सकेमा दुर्घटना कारण वर्षेनी हुने मानवीय र भौतिक क्षति रोक्न सकिन्छ ।

उनले सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक पर्ने सबै खालको व्यवस्थापकीय कार्यका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको पनि प्रस्ट पारे ।

सङ्घीय कानूनको अभावमा प्रदेश सरकार आफैले गर्नुपर्ने कतिपय कार्यहरु पनि गर्न नसकेको जानकारी गराउँदै त्यस्ता कार्यहरु सहकार्य मार्फत हुँदै आएको बताए ।

उनले अघिल्लो वर्षहरुको तुलनामा चालू वर्षमा कोशी प्रदेशमा सडक दुर्घटनाको संख्यामा कमी आएको बताउदै आगमी वर्षहरुमा थप सुधार हुने गरी काम गरेर सुन्यमा झार्नुपर्ने बताए ।

मुख्यमन्त्री कार्की मङ्गलबार नै आर आर एन नामक एक गैर सरकारी सस्थाबाट सञ्चालित जलबायुजन्य विपद् जोखिमहरु प्रति समुदायको उत्थानसिल सुदृढीकरण परियोजनाको उद्घाटन गर्दै कोशी प्रदेशमा ३८ भन्दा बढी किसिमका प्रकोपहरुको जोखिम रहेको अवगत गराए ।

जलबायुजन्य विपद् अन्तर्ग बाढी र पहिरोको जोखिम बढी रहेको बताउँदै पछिल्लो अवस्थामा जङ्गली जनवारहरुको आक्रमणको जोखिम पनि बढ्दो क्रममा रहेको बताए ।

विपद् जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायहरुले पूर्व तयारीमा बढी जोड दिनुपर्ने सुझाव दिँदै सरकारको ध्यान राहत र उद्दारमा रहेको बताए ।

 

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved