उद्योग संगठन मोरङले दियो, मौद्रिक निति सच्याउन सुझाब

  • असार १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थमन्त्री र नेपाल राष्ट्र वैंकका गर्भनरलाई भेटेर आगामी मौद्रिक नीतिमा संगठनको सुझाव पेश गरेका छन् ।

अर्थमन्त्री डा। प्रकाश शरण महतसंगको छलफलमा अध्यक्ष सुरानाले दिर्घकालिन आर्थिक एवं औद्योगिक विकासका लागी नीजि क्षेत्रले अनुमानयोग्य नीतिगत व्यवस्थाको अपेक्षा गरेको हुनाले आर्थिक विकास,

औद्योगिक पूर्वाधार विकास, जस्ता मूलभूत विषयहरुमा न्यूनतम साझा मापदण्ड लागू गरि नीजि क्षेत्रलाई ढुक्क भई लगानी गर्न सक्ने वातावरण तयार आग्रह गरे ।

उनले संगठनका तर्फबाट सुझाव प्रस्तुत गर्दै आगामी मौद्रिक नीतिले उद्योग व्यवसाय क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याज एकल अंकमा सिमित हुने गरी ल्याउनु पर्नेमा जोड दिए ।

अर्थमन्त्री महतले उद्योग व्यवसाय संचालनका लागि आवश्यक आधारभूत आवश्यकताका रुपमा रहेका वित्तीय व्यवस्थापन, विद्युतको उपलब्धता, पूर्वाधार विकास जस्ता कुरा सरकारको प्राथमिकताको क्षेत्र रहेको वताउदै नीजि क्षेत्रलाई ढुक्क भई लगानी विस्तार गर्न आग्रह गरे ।

उनले औद्योगिक क्षेत्रको विकास र विस्तारले मात्र मुलुक आत्मनिर्भर उन्मुख हुने भएकाले यस क्षेत्रको प्रबर्द्धन गर्नु सरकारको दायित्व भएको वताए ।

टोलि सङको भेटमा नेपाल राष्ट्र वैंकका गर्भनर महाप्रसाद अधिकारीले संगठनका नवनिर्वाचित अध्यक्ष लगायत कार्यसमितिलाई स्वागत गरेका छन् ।

अधिकारीले उद्योग व्यवसाय क्षेत्रले व्यवहारिक रुपमा भोग्दै आएको चालुपूजी कर्जा प्रवाहमा तय गरिएको मापदण्डबाट उत्पन्न समस्या सम्वन्धमा तथ्यांक सहित संगठनका तर्फबाट प्रस्तुत सुझाव अनुसार उद्योग व्यवसायलाई सहजीकरण गर्नेगरी मुद्राको आपूर्ति र मागको व्यवस्थापन गर्ने नीति राष्ट्र वैंकको भएको बताए ।

उनले उद्योग व्यवसायको गुनासो सम्वोधन गर्ने गरी आगामी मौद्रिक नीति ल्याउने स्पष्ट पारे ।

टोलिले विद्युत प्राधिकरणका प्रवन्ध निर्देशकसंगको छलफलमा विद्युतसंग सम्वन्धित समस्या अवगत गराई दीर्घकालिन समाधानका लागि आग्रह गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङसङको छलफलमा संगठनका अध्यक्ष सुरानाले कोशी प्रदेशका उद्योगहरुले सुख्खायाममा भोग्नु परेको अघोषित लोडसेडिङ, ट्रिपिङ, भोल्टेज फ्लक्चुएशनको समस्याबाट उद्योग व्यवसाय आजित भएको वताउदै आगामी ५ वर्षमा नेपाल विद्युत प्राधिकरणको विद्युत आपूर्ति गराउने,

आगामी वर्ष देखि सुख्खायाममा विद्युत उपलब्ध गराउने र गुणस्तरीय विद्युत आपूतिमा देखापरेको भोल्टेज फ्लक्च्यूएशन तथा ट्रिपिङको समस्या सम्वोधन गर्ने योजना स्पष्ट पार्न आग्रह गरे ।u

छलफलमा प्रवन्ध निर्देशक घिसिङले विद्युत पर्याप्त मात्रामा उपलब्ध भएता पनि ट्रान्समिशन लाईनको पूर्वाधार निर्माणमा भएको समन्वयको अभाव हुन गएको ढिलाईका कारणले विद्युत उपलब्ध गराउन नपाएको वताए ।

उनले ढल्केवर–ईनरुवा चारसय के।भि।प्रशारण लाईन आगामी केहि महिना भित्र निर्माण सम्पन्न हुने, बर्जु लगायतका स्थानमा सवस्टेशन निर्माणका क्रममा रहेकाले आगामी वर्षदेखि समस्यामा क्रमश सुधार भई विद्युत अभावको समस्या नरहने जानकारी दिए ।

त्यसैगरी विद्युतको ट्रिपिङ, लो भोल्टेज, फल्क्चुएशन जस्ता स्थानीय स्तरमा देखिएका समस्या समाधानका लागि भार सम्प्रेशण केन्द्र, विद्युत वितरण केन्द्रका प्रमुखको उपस्थिती तथा उद्योग संगठनको समन्वयमा विराटनगरमा छलफल गरी समस्या समाधानका लागि पहल गर्ने सहमति भएको छ ।

uu

छलफलमा संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष भोलेश्वर दुलाल, विपिन कावरा, निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, कार्यसमिति सदस्य प्रतिभा रिजाल ओली, सौरभ सारडा, सन्तोष भगत, दिपक अग्रवाल, सिद्धार्थ कावरा, बिरेन्द्र राठी, सृजन प्याकुरेलको सहभागिताका रहेको थियो ।

इलामको जिम्मा सुहाङक ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इल ...

इलाम २ उप निर्वाचन १ ...

इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद ...

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved