सर्वोच्चको फैसला गोपाल मन्दिरको पक्षमा

  • असार २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान १४ स्थित गोपाल मन्दिरको जग्गाको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ ।

अदातले २०८० जेष्ठ २२ गते मन्दिरको पक्षमा फैसाला गरेको हो ।

फैसला भएसँगै मन्दिरको जग्गा मन्दिरलाई प्राप्ति भएको छ । कल्याणी माताको नाममा बनेको समितिले २०६८ सालमा समिति नै बनाएर जग्गा अतिक्रमण गर्ने विरुद्ध गोपाल मन्दिर बचाउँ संघर्ष समितिले सर्वोच्चमा मुद्धा दायर गरेको थियो ।

कल्याणीमाताको नाममा २०६८ सालदेखि जग्गा अधिग्रहण गरी भौतिक संरचना समेत बनाइएको थियो ।

अब सर्वोच्चको निर्णयसँगै कल्याणी माताको नामममा रहेको भौतिक संरचना समेत भत्किने भएको छ ।

गोपाल मन्दिर बचाउँ संघर्ष समितिकी संयोजक पूर्णिमा राईका अनुसार समाजसेवी तथा पूर्व अञ्चलाधीश सूर्यप्रसाद उपाध्याय गोपाल मन्दिर व्यवस्थापन समितिको अध्यक्ष हुँदा २०५१ सालमा गोपालमन्दिरको नाममा जग्ग दर्ता गरिए पनि
पुन: त्यसलाई नविकरण नगरेको फाइदा उठाउँदै कल्याणी माताको नाममा जग्गा अधिग्रहण भएको थियो ।

गोपाल मन्दिरको नामाम मन्दिर परिषरको ५ कट्ठा १८ धुर जग्गा रहेको छ ।

त्यसबाहेक  रामधुनी नगरपालिकामा २ विघा २ कट्टा १८ धुर, बक्लौरीमा ८ कट्ठा, सोनापुरमा ४ कट्टा १४ धुर रहेको गोपाल बचाउँ संघर्ष समितिकी संयोजक राईले जानकारी दिइन् ।

उनका अनुसार यो मुद्धा पाँच बर्ष अगाडिदेखि सर्वोच्चमा मुद्दा चलिरहेको थियो । अहिले आएर भने गोपाल मन्दिरको नाममा फैसाला भएको उनले बताइन् ।

 

पत्रकारको हितमा १ कर ...

विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समि ...

जग्गा मन्दिरकै हो,ज ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबार ...

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

बैशाख महिनाभित्र आगल ...

सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved