धरान १४ मा चर्च निर्माण:धार्मिक सहिष्णुता खल्बिलिने भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण

  • असार २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धार्मिक पर्यटकीय स्थल विजयपुरको गोपाल मन्दिर अगाडि चर्च निर्मार्ण भएपछि धार्मिक सहिष्णुता खल्बिलिन सक्ने भन्दै विजयपुर क्षेत्र धार्मिक समन्वय समितिले धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

समतिले शुक्रबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई, उपमेयर अइन्द्रविक्रम बेघा र प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको ध्यानकर्षण गराइएको हो ।

उनीहरुले धरानको १४ नं. वडामा पर्ने विजयपुर क्षेत्र सनातन हिन्दु धार्मिक एवम् पौराणिक रूपमा अन्त्यन्तै महत्वपुर्ण क्षेत्र भएको बताउँदै यस्तो पौराणिक पुरातात्विक एवम् धार्मिक महत्व बोकेको क्षेत्रमा धार्मिक सहिष्णुतामा खलल पुग्ने गरि

बालगोपाल मन्दिर र शिवशक्ति कल्याणी केन्द्रको ठिक ३० फिट अगाडी तथा धरान–२ मा रहेको प्राचिन सिंहदेवी मन्दिरको १ सय मिटर माथि पर्ने गरि वर्ष निमार्ण भइरहेको प्रति ध्यानाकर्षण गराएको हो ।

charge-pic-1

समितिका सचिव मातृकाप्रसाद नेपालले ज्ञापनपत्र पढेर सुनाएका थिए ।

ज्ञापनपत्रम भनिएको छ सस क्षेत्रमा सनातन हिन्दु तिर्थस्थल एवम् मठमन्दिरहरू पिण्डेश्वर बाबाधाम, दन्तकाली माता शक्तिपिठ, श्री बुढासुब्बा मन्दिर,

श्री पञ्चकन्या मन्दिर, पाथीभरा माताको मन्दिर, विन्दवासिनी माताको मन्दिर, श्रीकृष्ण मन्दिर, गणेश भिमसेन मन्दिर, बालाम्बा माताको मन्दिर, मुगालक्ष्मी मन्दिर, गादि गणेशको मन्दिर, साक्षी विनायक मन्दिर, नृसिंह मन्दिर,

पुर्णेश्वरी मन्दिर, लोकनाथ शिव मन्दिर, बालगोपाल मन्दिर लगायत ३३ वटा ऐतिहासिक क्षेत्र र पौराणिक मन्दिरहरू रहेको छ । यी धार्मिक स्थलहरूमा देश भित्र तथा विदेशबाट समेत २० लाख भन्दा बढी सनातन हिन्दु भक्तजनहरू वार्षिक रूपमा आउने गरेका छन् ।

ज्ञापनपत्र बुझाउर्दै समितिका अध्यक्ष जुद्ध लोहनीले धर्म निरपेक्ष राष्ट्रमा सबै धर्मको उत्तिकै अधिकारको विषयमा संविधानमै उल्लेख गरिए पनि धार्मिक सद्भाव खल्बिलिने खालको गतिविधि गर्न भने कसैलाई छुट नभएको बताए । उनले धार्मिक पर्यटकीय स्थल विजयपुरमा हिन्दु सनातन धर्मालम्बीहरुको आस्थाको केन्द्र विन्दु भएको बताउदै कुनै प्रक्रिया नपु¥याई निर्माण गरिएको चर्चले भविष्यमा धार्मिक सद्भाव खल्बिने सम्भावना बढेकाले यसतर्फ धरान उपमहानगरपालिकाले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका थिए ।

ज्ञापनपत्र बुझ्दै उपमेयर अइन्द्रविक्रम बेघाले यस सम्बन्धमा नगरपालिका गम्भीर भएको र तत्काल यस विषयमा मेयरसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।

प्रक्रिया नपुर्‍याई चर्च निर्माण गरिएको कुरा भर्खरैमात्र जानकारी पाएकोले यस विषयमा विस्तृत बुझेर धार्मिक सहिष्णुता नखबल्निे तरिकाले अगाडि बढ्ने समतिका पदाधिकारीहरुलाई आश्वासन दिए ।

यस्तै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले एक पक्षीय ज्ञापनपत्र आएकोले अर्को पक्षसँग पनि सोधपुछ र छलफल राखेर अगाडि बढ्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले यस विषयमा सम्बन्धित पक्षलाई जानकारी गराइदिने आश्वास दिए ।

समितिका पदाधिकारीहरुले विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिले १४ नं. वडा कार्यलयसंग जानकारी लिँदा आवासिय प्रयोजनकालागी निजी भवन निर्माण गर्न २ थान रूख कटानको सिफारिस मात्र माग गरेको पाइएको तर चर्च बनाउनका लागि स्वीकृति नदिएको जानकारी दिइएको कुरा नगरप्रमुख समक्ष राखेका थिए ।

उनीहरुले धरान १४ पञ्चकन्यामा एडिवी खानेपानी परियोजनाको ट्यांकी निर्माणका क्रममा ऐतिहासिकता नामेट हुने भन्दै निर्माण नभएको नजिर देखाउदै चर्च निर्माणले पनि धरानको ऐतिहासिकता नामेट हुने खतरा बढ्ने नगरपालिकालाई स्मरण गराएका थिए ।

समितिले योजना महाशाखामा समेत भवन निर्माणका विषयमा बुझेका थिए ।

योजना शाखाबाट प्राप्त जानकारी अनुसार भीमकला श्रेष्ठ राईको नाममा रहेको जग्गामा कुनै प्रक्रिया नपु¥याई चर्च निर्माण गरेको पाइएको थियो । चर्च निर्माण भइसकेपछि जेष्ठ १९ गतेमात्र नक्सा पासको प्रक्रियामा गएको पाइएको थियो । सो अवसरमा योजना महाशाखा प्रमुख बरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले केही बोल्न चाहेनन् ।

समितिले धरान उपमहानगरपालिकासहित १४ नं. वडा समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय सुनसरी, नेपाल सरकार, सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, गुठी संस्थान केन्द्रीय कार्यालय काठमाण्डौ, पुरातत्व विभाग रामशाहपथ काठमाण्डौ,

कोशी प्रदेश अन्तर्गत मन्त्रि परिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, पर्यटन, वन तथा वातारण मन्त्रालय, विश्व हिन्दु महासंघ केन्द्रीय कार्यालय काठमाण्डौ र शिव सेना नेपालमा बोधार्थ समेत दिएको छ ।

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved