कांग्रेसको दौड प्रतियोगितामा नविन र छेन्वीमाया प्रथम

  • असार २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेपाली कांग्रेसले आयोजना गरेको दौड प्रतियोगितामा नविन तामाङ र छेन्वीमाया राई प्रथम भएकाछन् ।

नेपाली कांग्रेसको क्षेत्र नं. १ सुनसरी तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको अवसरमा सुनसरी–१ कांग्रेसले आयोजना गरेको ५ कि.मि. र्दाैड प्रतियोगितामा पुरुषतर्फ धरान १५ का नविन तामाङ प्रथम भएका हुन् ।

उनले १५.१ मिनेटमा दुरी पार गरेका थिए । त्यसैगरी महिलातर्फ धरान १९ की छेन्वीमाया राई प्रथम भएकाछन् । उनले निर्धारित दुरी १९.४६ मिनेटमा पूरा गरेकी थिइन् ।

पुरुषतर्फ दोश्रो हुने धरान ५ का प्रशान्त तामाङले १५.१५ मिनेट र तेश्रो स्थान आउन सपल इण्डियन आर्मी समेत रहेका भोजपुर तिवारी भन्ज्याङका पवन राईले १५.४५ मिनेटमा दुरी पार गरेका थिए ।

त्यसैगरी महिलातर्फ दोश्रो धरान १९ की निक्की नेम्वाङ ले २०.३५ मिनेट र तेश्रो हुने धरान ५ की नानी तामाङले २१.२१ मिनेटमा निर्धारित दुरी पार गरेकी थिइन् । दौडमा सहभागी सबैलाई नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङले प्रमाण–पत्र प्रदान गरेका थिए ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षता र धरान रनका अध्यक्ष रमु राईको संयोजकत्वमा भएको प्रतियोगिताको औपचारिक कार्यक्रममा प्रमुख अतिथि प्रदेश महामन्त्री उमेश थापाले मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला सचिव माधव घिसिङ, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, महासमिति सदस्य सुवास राई

, महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा, जिल्ला सदस्य अनुपमा सुनुवार, क्षेत्रीय सल्लाहकार प्रेम पौडेल, क्षेत्रीय सचिव केशव पुरी, प्रदेशसभा १(२) कोषाध्यक्ष हरी थापा, नेपाल तरुण दल केन्द्रीय सदस्य देवेन्द्र लिम्वु, धरान ३ नं. वडा सभापति उमेश श्रेष्ठ, क्षेत्रीय प्रतिनिधि अजय राई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

कांग्रेसले सम्मेलनको अवसरमा असार २२ गते २ बजे धरान १७ मा रहेको एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा नेपाल पत्रकार महासंघ र पार्टी वीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता पनि आयोजना गर्ने जनाएको छ भने असार २९ र ३० गते कांग्रेसका प्रभावशाली यूवा नेता महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा धरान १३ स्थित धरान व्यान्क्वेटमा दुईदिने सम्मेलन गर्ने जनाएको छ ।

सम्मेलनको अवसरमा सुनसरी–१ कांंग्रेसले मन्दिर, मस्जिद, गुम्बा र चर्च सरसफाई, व्याडमिन्टन प्रतियोगिता तथा रस्सीतान प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved