पहिचानवादीहरुबाट कोशी प्रदेशका सांसद असुरक्षित बन्दै

  • जेठ २८, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/  कोशी प्रदेशका सांसदहरुले आफूहरुलाई पहिचानवादीबाट असुरक्षित महसुस हुदै गउको बताएका छन् । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले पछिल्लो समय आफूलाई असुरक्षित महसुस हुन थालेको बताइन् ।

उनले भनिन् ‘ म आफ्नै घर जाँदा असुरक्षित भएको महसुस हुन थालेको छ ।’

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग र संसदीय पत्रकार मञ्च कोशी प्रदेशको आयोजनामा महिला पत्रकारहरूका लागि संसदीय रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिम कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपसभामुख दनुवारले असुरक्षित महसुस हुन थालेको बताएकी हुन ।

उनले पहिचानवादीहरुकै कारण सांसदहरुलाई असुक्षित महसुस भएको बताइन् ।

उनले भनिन–‘फागुन ७ गते प्रदेश १ को नाम कोशी भएसँगै पहिचानपक्षधरहरु कोशी नामाकरणको खारेजीको माग गदै सडकमा छन्, कार्यक्रम तथा कुनै सममारोहमा जान पनि सक्ने अवस्था छैन ।’

उनले पहिचानवादी पक्षधरले ले बिहिबार उदयपुरको गाईघाटमा आफूमाथि गरेको दुव्यर्वहारको समेत दृष्टान्त सुनाइन् ।

उनले भनिन्–‘ म सर्पदंश उपचार केन्द्रलाई सहयोगका लागि सम्बन्धित मन्त्रीसँग उदयपुर पुग्ने क्रममा आफूमाथि पहिचान पक्षधरले दुर्व्यवहार गरे, भेन्टिलेटर हस्तान्तरण गरिसकेपछि आफ्नो घर जाँदा आफू माथि आक्रमण भयो ।’

उनले सवारी चालकले जीवन बचाएको बताउदै ती चालकलाई धन्यवाद समेत दिइन् ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved