गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउने तालिम दिँदै

  • जेठ २८, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा / पछिल्लो समय स्थानीय सरकारले महिला लक्षित कार्यक्रमलाई अगाडि बढाउँदै आएका छन् । उनीहरुले बजेट नै छुट्याएर आत्मनिर्भर बन्ने खालका तालिम धमाधम दिइरहेका छन् ।

यसै क्रममा धनकुटाको छथरजोरपार्टी गाउँपालिकाले समेत तीन महिने ढाका बुनाई तालिम सम्पन्न गरेको छ । घरेलु उद्योगलाई प्रवद्र्धन गदै महिलालाई व्यवसायिक बनाउने उद्देश्यले गाउँपालिकाल तालिमको आयोजना गरेको हो । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत गाउँपालिको वडा न ४ मा संचालित तालिम सम्पन्न भएको थियो ।

छथर गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले महिला लक्षित तालिम प्रभावकारी भएको बताएका थिए ।

उनले भने–‘ढाकाको कपडा बुन्ने उद्योगहरु विस्तापित हुने अवस्थामा पुगेका छन्, यो पेशा महिलाहरुले नै विगतमा पनि धानेका थिए, जनशक्ति बढाउँदै साना उद्योगको प्रवद्र्धनका लागि हामीले तालिमको आयोजन गरेका हौ ।’

गाउँपालिका अपाध्यक्ष गिता गुरुङ्ग खेवाले प्रशिक्षार्थीहरुलाई तालिममा सिकेका कुरा लाई व्यावहारमा उर्तान आग्रह गरिन् । उनले भनिन्–‘तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुस्, आत्मनिर्भर बन्दै व्यवसायिक बन्नुस् ।’

छथर जोरपाटी गाउँपालिका वडा न ४ का वडा अध्यक्ष टेकबहादुर तामाङ्ग, छथर जोरपाटी गाउँपालिका प्रशासन शाखा प्रमुख नेत्र बहादुर श्रेष्ठ लगायतले महिलाहरुलाई आत्मनिर्भर बनाउन सम्पन्न गरिएको तालिम प्रभावकारी हुने बताएका थिए ।

तलिममा १४ जना महिला सहभागी थिए । सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved