१२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट हुँदै

  • माघ ४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट २०७९ हुने भएको छ । प्याब्सन मोरङको आयोजनामा विराटनगरमा माघ ६ देखि ८ गतेसम्म प्याब्सन स्पोर्ट्स मिट सुरू हुने भएको हो ।

विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी गराएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एक दर्जन खेलहरू समावेश गरिएको प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बाले जानकारी दिइन् ।

स्पोर्ट्स मिटमा फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, म्याराथुन, सटपुट, थ्रिपल जम, हाइजम, लङजम, दौडलगायतका खेलहरू हुनेछन् । फुटबल प्रतियोगिता माघ ५ गतेदेखि विराटनगर जुट मिलको खेलमैदानमा सुरू हुने प्याब्सन मोरङको कोषाध्यक्ष विष्णुं डंगोलले जानकारी दिए ।

अन्य खेलहरू विराटनगरस्थित सहिद मैदान, एभरेष्ट स्कुलको मैदानमा हुनेछ ।
फुटबलमा मात्र १६ वटा विद्यालयले भाग लिनेछन् । फुटबलमा कक्षा ११ र १२ का विद्यार्थी खेलाडीहरूले भाग लिनेछन् ।

स्पोर्ट्स मिटमा मोरङ जिल्लाभरिका २२० वटा प्याब्सनमा आवद्ध विद्यार्थीहरूले भाग लिनेछन् । स्कुल तहदेखि खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्याब्सनले स्पोर्ट्स मिट गर्दै आएको अध्यक्ष सुब्बाले बताइन् । ‘यो प्याब्सनको महाकुम्भ हो,’ उनले भनन्, ‘प्याब्सन स्पोर्ट्स मिटमा प्रत्यक्ष रूपमा १ लाख बढीले खेलहरूको अवलोकन गर्नेछन् ।’

स्पोर्ट्स मिटको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले गर्नेछन् । प्याब्सन स्पोर्ट्स मिट सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रत्येक वर्ष हुँदै आएको प्याब्सन् स्पोर्ट्स मिट दुई वर्षपछि कोरोना कारण हुन सकेको थिएन । दुई बर्षपछि प्याब्सन स्पोर्टस हुन लागेको अध्यक्ष सुब्बाले बताइन् ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved