कृषि उत्पादन बढाउनु आवश्यक

  • पुष १२, २०७९
  • कोशीपत्र सम्पादक
alt

नेपालको तराई मधेश क्षेत्रलाई देशकै अन्न भण्डार मानिन्छ । तराई मधेशमा उत्पादन हुने अन्न देशभरि पुर्याउने गरिन्छ तर पछिल्ला वर्षहरूमा तराई क्षेत्रमा अन्नको उत्पादन क्रमशः घट्दै गएको देखिन्छ । यो चिन्ताको विषय हो । त्यसो त आधुनिकीकरण र यान्त्रिकीकरणको अभावमा कृषिमा व्यावसायीकरण हुन सकेको छैन । परम्परागत कृषि प्रणालीका कारण हाम्रो कृषि निर्वाहमुखीभन्दा माथि उठ्न सकेको छैन । विभिन्न कारणले उत्पादन अझ घट्दै जानु चिन्ताको विषय हो ।  

मधेश प्रदेशमा धान उत्पादनको पछिल्लो तथ्याङ्क हेर्दा पनि यसबारे प्रस्ट हुन सकिन्छ । मधेश प्रदेश कृषि निर्देशनालयको अभिलेखअनुसार आर्थिक वर्ष २०७७÷७८ मा ४ लाख १२ हजार १९१ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । त्यस वर्ष १४ लाख ६० हजार ४५७ मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७८÷७९ मा ३ लाख ६५ हजार ६१५ हेक्टर क्षेत्रफलमा खेती गर्दा १२ लाख ९४ हजार २७७ मेट्रिक टन धान उत्पादन भएको छ । 

पृथ्वीको तापक्रम बढ्दै जाँदा धानको उत्पादन घट्दै गएको विज्ञहरू बताउँछन् । पृथ्वीको तापक्रम बढ्दा वनस्पति–बिरुवामा विभिन्न रोग तथा प्रकोपको असर देखिने विज्ञहरूको भनाइ छ । यसबो सबैभन्दा धेरै असर धानबालीमा देखिएको बताइएको छ । जलवायु परिवर्तनले मनसुन ढिला भएर समयमा रोपाइँ हुन नसक्दा किराको प्रकोप बढ्ने कारणले पनि उत्पादनमा ह्रास आएको विज्ञरूको भनाइ छ । आवश्यक समयमा रासायनिक मल र कीटनाशक औषधि उपलब्ध नहुनु पनि कृषिमा नकारात्मक असर देखिनुको मुख्य कारण हो ।

हाम्रोजस्तो देशका लागि यो जटिल समस्याको रूपमा देखिएको छ । कृषिप्रधान देश भनिए पनि हाम्रो देश कृषिमा आत्मनिर्भर हुन सकेको छैन । कृषिमा आत्मनिर्भर हुन नसक्दा देश र देशवासीले बेला–बेलामा जटिल सङ्कटको सामना गर्नु परिरहेको छ । छिमेकी देशहरूले निर्यात रोक्दा हामीले नकारात्मक असर भोग्नु परेको छ । यस्तो बेलामा कृषि उत्पादन बढाएर आत्मनिर्भर हुनेमात्र होइन, कृषिजन्य सामग्री निर्यात गर्न सक्ने अवस्थामा पुग्नुपर्ने आवश्यकता छ तर कृषि उत्पादन अझ घट्दै गएको अवस्था कुनै पनि अर्थमा सकारात्मक हुन सक्दैन ।    

जलवायु परिवर्तनका कारण हुने तापक्रममा वृद्धि र अनियमित वर्षाले कृषि उत्पादनमा नकारात्मक असर देखिएका छन् । सरकारको ध्यान यसतर्पm जानुपर्छ । कृषि उत्पादन बढाउन आवश्यक उपायहरूको अध्ययन गरिनुपर्छ । यसका लागि कृषि वैज्ञानिकहरूसँग परामर्श गरेर समाधानका उपाय कार्यान्वयन गर्नुपर्छ । कसैले भने मधेशमा धानको उत्पादन घटेको नभई बढेको बताउने गरेका छन् । तथ्याङ्क एकातिर, यथार्थ अर्कैतिर भएको हो भने यस विषयमा पनि अध्ययन–अनुसन्धान गरी यथार्थ पत्ता लगाउनु आवश्यक छ । जे होस्, उत्पादन बढाउनेतिर सरकारको ध्यान जानैपर्छ । कृषिमा आधुनिकीकरण र व्यावसायीकरण आजको आवश्यकता हो ।  

 

एस.ई.ई.आईडलका सहभागी ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचाल ...

धरान वडा नम्बर १० बा ...

धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत् ...

प्रथम पानबारी गोल्डक ...

धरान/ प्रथम पानबारी गोल्डकप २०८१ शनिबारदेखि शुरु भ ...

नृत्य निर्देशक संघ न ...

सुनसरी/ नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा नृ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved