तीन महिनापछि कार्यपालिका बैठक बस्यो महत्वपूर्ण एजेन्डामाथि छलफल

  • पुष ११, २०७९
  • स्नेहा श्रेष्ठ
alt

विजयपुर /तीन महिनादेखि अवरुद्ध कार्यपालिका बैठक सोमबार बसेको छ । असोज १३ गते बसेको कार्यपालिका वैठकमा मेयर र वडाध्यक्ष तथा कार्यपालिका सदस्यबीच भएको विवाद समाधान नभएपछि बस्न सकेको थिएन । तर धरान उपमहानगरपालिका उपमेयर अइन्द्र विक्रमले विवाद समाधानका लागि पहल गरेसँगै विहीबार कार्यपालिका बैठक बसेको हो ।

धरान १७ मा रहेको सप्तरङ्घगी पार्कलाई वहुजातिय पार्क बनाउने मेयरको एजेन्डामाथि छलफल हुँदा मेयर साम्पाङले ‘निस्केर जानुस्’ भनेपछि विवाद चुलिएको थियो ।

विवादपछि सहमति जुट्न नसक्दा कार्यपालिका बैठक बस्न सकेको थिएन ।

विहीबार बसेको बैठकमा एजेण्डामा प्रवेश गर्नुअघि मेयर साम्पाङ, उपमेयर बेघा र वडाअध्यक्षहरु वडा १५ का नरेश इवारम, वडा १८ का नरेन्द्रकुमार राई (प्रविण) र वडा १७ का सुर्यबहादुर भट्टराई (मनोज) ले क्रमशः कार्यपालिका बैठकमा आफ्ना कुरा राखेका थिए ।

कार्यपालिका बैठकपछि बोल्दै मेयर साम्पाङले कार्यपालिका सदन पनि भएकोले बैठकमा धेरै कुरा उठ्ने् बताए । उनले विगतमा भएका विवादलाई बिर्सिएर आगामी दिनमा सबै मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

मेयर पछि बोल्दै उपमेयर बेघाले विगतका घट्ना क्रमलाई बिर्सेर अगाडि बढ्नुपर्ने धारणा राखे । उनले विगतमा भएका गल्ति नदोहो¥याई अब सच्चिएर जानुपर्नेमा जोड दिए । उनले भने–‘विगतको कमीकमजोरीलाई सच्याउदै पाठ सिकेर अघि बढ्नुपर्छ ।

धरान १० का वडाध्यक्ष विमति एजेन्डामा सबैको छलफल गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भने धरान १७ मा रहेको सप्तरंगी पार्कको एजेण्डामा सबैले सहमति जनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । यसैगरी वडा नम्बर ६ का अध्यक्ष मातृका भट्टराईले मेयरले राखेको एजेन्डा धरान विकासको लागि नै सोचेर राखेको बताउँदै साना सान विवादमा अल्झिन नहुने बताए ।

सोमबारको कार्यपालिका बैठकमा धरान उपमाहानगरपालिका भएर बग्ने ५ वटा खोला सेउती, सर्दु, सेहरा अँधेरी र पटनालीका वगरहरुबाट खोला जन्य पदार्थहरु उत्खन्न तथा सकलनका सम्बन्धमा छलफल गरिएको थियो ।

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved