प्रहरी नियमावलीअनुसार जनताको काम गर्नुस्

  • पुष ११, २०७९
  • रबिन्द्र बराल
alt

मोरङ /नेपाल प्रहरीका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तबहादुर कुँवरले जनताको सुरक्षा र सेवालाई प्राथमिकतामा राखेर काम गर्न प्रदेश १ का मातहतका प्रहरी कार्यालयका प्रहरीहरुलाई निर्देशन दिएका छन् ।

प्रहरी नायव महानिरीक्षक कुँवरले १ नम्वर प्रदेशमा रहेका जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।
उनले जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी र नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबी सुनसरीमा कार्यरत सम्पुर्ण प्रहरीहरुलार्ई कानुनको परिधिमा रही प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी काम गर्न निर्देशन दिए ।

उनले भने–‘ प्रहरीको ऐन तथा नियमावलीमा रही सीमावर्तीक्षेत्रमा हुने अपराध, चोरी तस्करी नियन्त्रण गरी नागरीकहरुको जिउ धनको सुरक्षामा खटिनुस् ।’ उनले राजश्व चुहावट नियन्त्रणलाई रोक्न निर्देशन दिए । एक नम्वर प्रदेश प्रहरी प्रमुख सुदिप गिरीले समेत सो अवसरमा सम्पुर्ण प्रहरी कर्मचारीहरु इमान्दारीपूर्वक काम गर्न निर्देशन दिएका थिए 

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved