सातौँ वार्षिकोत्सवमा रक्तदान र स्वास्थ्य शिविर

  • पुष ११, २०७९
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले आफ्नो सातौ बार्षिको अवसर पारेर आइतबार रक्तदानसँगै निःशुल्क हाडजोर्नी तथा नशा सम्बन्धी शिविरको आयोजना गरेको छ ।
अस्पतालको प्रांगरणमा भएको रक्तदान कार्यक्रममा ३८ पिन्ट रगत संकलन भएको स्पार्क हस्पिटलका बजार व्यवस्थापक सञ्जिव कोइरालाले बताए ।
उनका अनुसार रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस्, संकलन भएको रगतले विरामीलाई राहत पुगोस् भन्ने उद्देश्यले बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
यस्तै बार्षिकोत्सवको अवसर पारेर हस्पिटलले हाजोर्नी तथा नशासम्बन्धी निःशुल्क परीक्षण गरेको छ ।

विशेषज्ञ चिकित्सकद्वारा चेकजाँच गरिएको शिविरमा १ सय भन्दा बढीले सेवा लिएको बजार व्यवस्थापक कोइरालाले जानकारी दिए । शिविरमा आउने बिरामीलाई आवश्यक औषधी पनि निःशुल्क वितरण गरिएको थियो । सातौ बार्षिक उत्सवको अवसरमा हस्पिटलले दुर्गम क्षेत्र तथा ६० वर्ष माथिका बिरामीलाई २५ प्रतिशत छुट, शिविरमा जाँच गरिएका बिरामीलाई उपचारमा २० प्रतिशत छुटको व्यवस्था र भर्ना गर्नु पर्ने बिरामीलाई बेड तथा उपचारमा ३० प्रतिशत छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ ।

 

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved