औलियाबाबाको १३ औं वार्षिक साधारण सभा

  • पुष ११, २०७९
  • कोशीपत्र/संवाददाता
alt

चतरा / बराहक्षेत्रस्थित औलिया बाबा बचत तथा ऋृण सहकारी संस्थाले चालू आर्थिक वर्षमा २ करोड ७२ लाख ३३ हजार १ सय ४६ रुपैयाँ ३३ पैसा कारोबार गरेको छ ।
सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभामा लेखा प्रतिवेदन प्रस्तुत गर्दै लेखा समितिका संयोजक शान्तिराम खतिवडाले ४४ लाख ९ हजार ५ सय २ रुपैयाँको आय विवरण प्रस्तुत गरे ।
सहकारीले चालू आर्थिक वर्षमा १७ लाख ६२ हजार ५ सय रुपैयाँ शेयर पुँजी वृद्धि गर्दै ७५ लाख १ सय रुपैयाँ पुर्याएको छ ।

वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष रमेशकुमार विष्टले चालू आवसम्म आइपुग्दा सहकारीले ४ करोड ६ लाख ८ सय ४९ रुपैयाँ ७८ पैसा निक्षेप सङ्कलन गरेको बताए ।
चालू आवमा संस्थाले १ करोड ९१ लाख ९४ हजार ऋृण लगानी गरेको छ भने १ करोड ६४ लाख ८९ हजार ८ सय ६३ रुपैयाँ १ पैसा असुली गरेको छ ।
सहकारीले चालू आवमा ४ लाख ३६ हजार ९६ रुपैयाँ ५७ पैसा खुद मुनाफा गरेको छ ।

सहकारीले व्यापार कर्जामा ७० प्रतिशत, कृषि कर्जामा २० प्रतिशत र हायरपर्चेजतर्फ १० प्रतिशत कर्जा लगानी गर्दै आएको छ ।
१६ प्रतिशत ऋृणको व्याजदर कायम गरेको सहकारीले जग्गा धितोमा ४ लाखदेखि १० लाखसम्म लगानी गर्दै आएको छ भने जमानी ऋृणमा १० हजारदेखि १ लाख ५० हजारसम्म लगानी गर्दै आएको छ ।
हायरपर्चेज कर्जामा भने सहकारीले १८ प्रतिशत व्याजदर कायम गरेको छ । सो कर्जामा ६० प्रतिशत रकम लगानी गर्ने निति लिएको सहकारीले ऋृण रकम ३ लाखसम्म लगानी गर्ने उल्लेख गरेको छ ।

संस्थाले अनिवार्य बचतमा ८ प्रतिशत, ऐच्छिक बचतमा ७ प्रतिशत, ६ महिने बचतमा १० प्रतिशत, १ वर्षे आवधिक बचतमा ११ प्रतिशत, २ वर्षे आवधिक बचतमा १२ प्रतिशत र करार बचतमा १३ प्रतिशत व्याजदर कायम गरेको छ ।

शनिबार चतरास्थित बोलबम धर्मशालामा बराहक्षेत्र नगरकी उपप्रमुख नन्दकुमारी राईले साधारण सभाको औपचारिक उद्घाटन गरिन् ।
सहकारीले वार्षिक परीक्षामा उत्कृष्ट अङ्क हासिल गरेका सेयर सदस्यका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेको छ । पुरस्कृत हुनेहरुमा सेयर सदस्य गङ्गाकुमारी राईका छोरा सुसन राई, अशोक शाहकी छोरी अमिशा साह र महेश बज्राचार्यकी छोरी एरिसा बज्राचार्य रहेका छन् । उनीहरुले जनही ३÷३ हजार प्राप्त गरेका छन् ।

यस्तै उत्कृष्ट कारोबार गर्ने ऋृणी महिलातर्फ कमला माझी र पुरुषतर्फ हेमबहादुर थापालाई सम्मान गरिएको छ । सभामा उपस्थितलाई उपाध्यक्ष सोमराज बस्नेत (दिपेश) ले स्वागत गरेका थिए भने कार्यक्रमको सन्चालन सचिव कृष्णप्रसाद कट्टेलले गरेका थिए । संस्थामा २ सय ५१ महिला र २ सय ७१ पुरुषसहित ४ सय ८६ जना सेयर सदस्य रहेका छन् ।

 

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved