सुझाव दिएर सरकारको दायित्व पूरा हुँदैन

  • पुष ११, २०७९
  • कोशीपत्र सम्पादक
alt

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ । केही समययता बढेको चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट जोगिन आग्रह गरिएको मन्त्रालयले जनाएको छ । सम्भावित जोखिमबाट जोगिन आप्mना नागरिकहरूलाई पहिले नै सचेत गराउनु स्वाभाविक छ । यस अर्थमा सरकारको यो आग्रहलाई सकारात्मकरूपमा लिन सकिन्छ तर के सर्वसाधारणलाई चिसोको जोखिमबाट जोगिन आग्रह गर्दैमा सरकारको दायित्व समाप्त हुन्छ ? यो महत्वपूर्ण प्रश्न हो । 

पक्कै पनि नागरिकलाई चिसोबाट जोगिन सतर्क गराएर मात्र सरकारको दायित्व पूरा हुँदैन । चिसोबाट जोगिन शरीरका सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यायो लुगा लगाउन, कोठा न्यानो पार्न र पर्याप्त हावा ओहोरदोहोर हुने व्यवस्था गर्न मन्त्रालयले आग्रह गरेको छ । यो आग्रह पनि सकारात्मक छ तर देशका सबै नागरिक सरकारले भनेबमोजिम व्यवस्था मिलाउन सक्षम छन् ? अवश्य पनि छैनन् । अब अर्को प्रश्न स्वाभाविक रूपमा खडा हुन्छ – के आफ्ना नागरिकहरूको अवस्थाबारे सरकार जानकार छैन ? गरिब र विपन्न समुदायका नागरिकहरू बिहान–बेलुका हातमुख जोर्ने समस्यासँग जुधिरहेका छन् । उनीहरूका लागि दुई छाक अघाउँजी खान पाउनु नै ठूलो कुरा हो । यस्तो अवस्थामा भएका सर्वसाधारणले न्याना लुगाका साथै कोठालाई न्यानो पार्न र कोठामा पर्याप्त हावा ओहोरदोहोर हुने व्यवस्था कसरी गर्न सक्लान् ? 

सल्लाह वा सुझाव दिन सजिलो छ तर कठिन घडीमा नागरिकहरूसँग उभिन सजिलो छैन । जाडोबाट जोगिन न्याना लुगा लगाउनुपर्छ र कोठा न्यानो बनाउनुपर्छ भन्ने कुरा सर्वसाधारणलाई पनि थाहा छ तर उनीहरूसँग ती व्यवस्था मिलाउने आर्थिक क्षमता छैन । टिन वा बाँसका बारले बारेर झुपडीमा जीवन निर्वाह गर्ने नागरिकहरूले यी व्यवस्था कसरी मिलाउलान् ? प्रश्न सहज भए पनि उत्तर सहज छैन । आप्mना नागरिकहरूको अवस्थाबारे सरकार पक्कै जानकार छ भन्ने मान्नुपर्छ । यति पनि जानकारी नभए सरकार हुनुको कुनै अर्थ हुँदैन । 

सरकार आप्mना नागरिकहरूप्रति जिम्मेवार र जवाफदेही हुनु आवश्यक छ । शीतलहर र हिमपातबाट बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरू बढी जोखिममा हुन्छन् । यस्तो बेलामा उनीहरूलाई सुरक्षा दिनुपर्छ । गरिब तथा विपन्न समुदायका नागरिकहरूलाई आवश्यक न्याना लुगा सरकारले उपलब्ध गराउनुपर्छ । सुरक्षित आवास नागरिकहरूको मौलिक अधिकार हो तर कतिपय नागरिकहरूले टाउको लुकाउने सामान्य ओत पनि पाएका छैनन् । कतिपय परिवार पराल वा प्लास्टिकको छानामुनि जीउ लुकाउन बाध्य छन् । तराई क्षेत्रमा जाडो याममा बर्सेनि नागरिकहरूले ज्यान गुमाउँछन् । यस्तो समुदायका नागकिहरूका लागि सरकारले विशेष व्यवस्था मिलाउनुपर्छ । 

आमाको दूध खाने बच्चालाई नियमितरूपमा स्तनपान गराउन, तातो तथा पोषिलो झोल पदार्थ प्रशस्त मात्रामा सेवन गराउन र धूमपान तथा मध्यपान नगर्न मन्त्रालयको आग्रह छ । बच्चालाई नियमितरूपमा स्तनपान गराउन तथा धूमपान तथा मध्यपान नगर्न नागरिकहरूको नियन्त्रणमा छ । यस विषयमा चेतना पैmल्याउनु सकारात्मक विषय हो तर स्तनपानका लागि आमाले पनि पोषिलो खानेकुरा प्राप्त गर्नुपर्छ भन्ने मन्त्रालयलाई थाहा होला । विपन्न समुदायका सुत्केरीहरूले यो सुविधा प्राप्त गरेका छन् ? सरकारको ध्यान यसतर्पm छ कि छैन ? बच्चालाई तातो तथा पोषिलो झोल पदार्थ प्रशस्त मात्रामा सेवन गराउन आग्रह गरेर मात्र दायित्व पूरा हुन्छ ? 

शीतलहर तथा चिसोमा मुटुरोग, हृदयाघात, फोक्सो तथा श्वासप्रश्वासमा समस्या, बालबालिका तथा ज्येष्ठ नागरिकमा निमोनिया, ज्वरो आउने, झाडापखाला लाग्ने, दम बढ्ने, रुघाखोकी, घ्यारघ्यार, श्वास फेर्न कठिनाइ हुनेजस्ता समस्या देखिने गर्दछन् । यस्ता समस्या देखिएमा आवश्यक पर्ने औषधिहरू स्वास्थ्य चौकी तथा सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्करूपमा उपलब्ध हुने व्यवस्था सरकारले मिलाउनुपर्छ । 

धरान वडा नम्बर १० बा ...

धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत् ...

प्रथम पानबारी गोल्डक ...

धरान/ प्रथम पानबारी गोल्डकप २०८१ शनिबारदेखि शुरु भ ...

नृत्य निर्देशक संघ न ...

सुनसरी/ नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा नृ ...

धरानमा एमालेको बिरास ...

 धरान/नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved