बार्गेनिङ गर्ने शान्ता विरुद्ध प्रहरीमा उजुरी

  • पुष १०, २०७९
  • स्नेहा श्रेष्ठ
alt

विजयपुर / महिला सञ्जालको नाम लिएर विभिन्न घटनामा पैसाको बर्गेनिङ गर्ने गरेको कुरा बाहिर आएपछि महिला सञ्जाल धरानले  शुक्रबार पत्रकार सम्मेलन गरी त्यस्ता कुनै घटनामा आफुहरुको संलग्नता नरहेको स्पस्ट पारेको छ ।
धरान १४ की शान्ता खड्काले मुद्दा मिलाइदिने भन्दै पिडित पक्षसँग पैसाको बार्गेनिङ गरेको घटना सार्वजनिक भएपछि महिला सञ्जाल धरानले खड्का सञ्जालमा आबद्ध नरहेको पनि स्पस्ट पारेको छ । 
पत्रकार सम्मेलन पश्चात महिला सञ्जालले बार्गोनिङको विषयमा प्रहरीमा निवेदन दिएको छन् । महिला सञ्जाल धरानले शुक्रबार इलाका प्रहरी कार्यालय धरानमा खड्का विरुद्ध निवेदन दिएको हुन् ।

धरान १७ मा मृत्यु भएकी रविना चौधरीेका श्रीमान अनिस चौधरीलाई केहि समय अगाडि जबरजस्ती करणी मुद्दा लागेपछि थुनामा रहेका उनको श्रीमान अनिसलाई मुद्दा मिलाइदिने भन्दै खड्काले बर्गेनिङ गरेको कुरा मृतकका आफन्तहरुले मिडियामार्फत सार्वजनिक गरेको उल्लेख सञ्जालकी अध्यक्ष सपना राईले निवेदनमा उल्लेख गरेकी छन । । आरोपित खड्काले महिला सञ्जालको नाममा सर्वसाधारणहरुलाई ठगी गर्दै आएको र अपराधिक कार्य बढ्दै गएकोले अनुसन्धान गरि कानुन वमोजिम कारबाही गर्न सञ्जालले उजुरीमार्फत प्रहरीसमक्ष माग गरेको छ ।

सार्वजनिक भएको घटना अनुसार धरान १७ की रविना चौधरीका श्रीमान एक महिलालाई बलात्कार गरेको आरोपमा थुनामा छन्।खड्का ले थुनामा रहेका श्रीमानलाई छुटाइदिने भन्दै श्रीमती रविना सँग पैसाको बार्गेनिङ गरेकी थिइन । श्रीमान थुुनामा गएपछि तनाबमा रहेकी रविनाको केही समय अगाडी मृत्यु भएको छ । खड्काले चौधरीसँग साढे ३ लाख रुपैया लिएको चर्चा अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

महिला सञ्जाल सञ्जाल धरानकी अध्यक्ष सपना राईले खड्काको यो नै पहिलो घट्ना नभएको बताइन् । उनले भनिन् –‘विगतमा पनि खड्काले सञ्जालको नाम लिएर आर्थिक लेनदेन गरेको जानकारीमा आएको छ, यो प्रवृत्तिलाई रोक्न पनि हामीले प्रहरीमा उजुरी दिएका हौं ।’ उनले पटक पटक बार्गेनिङका कुरा बाहिर आए पनि प्रमाणको अभावका केही गर्न नसकेको बताइन् । उनले भनिन् ‘ हामी पहिला नै कानुनी कारबाहीका लागि तयारीमा थियौं, तर हामीसँग भरपर्दो प्रमाण थिएन ।’ उनले पहिला पनि खड्कालाई प्रहरी कार्यालयमा बोलाएर छलफल गरेर अबदेखि यस्तो नगर्ने शर्तमा छोडिदिएको बताइन् ।

मृतक चौधरीका आफन्तले खड्का र गंगा राईले महिला सञ्जालको नाम लिएर पैसा बार्गेनिङ गरेको बताएका थिए । खड्काले साढे ३ लाख बार्गेनिङ गरेको आरोप मृतकका आफन्तहरुले लगाएका छन् । खड्काले बारम्बार बार्गेनिङ गरेपछि मानसिक तनावले मृत्यु भएको भन्दै आफन्तजनहरुले पनि खड्काविरुद्ध कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिइसकेका छन् ।

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved