प्रचण्ड प्रधानमन्त्री नियुक्त नेकपा एमाले संसदीय दलको नेतामा कार्की चयन

  • पुष १०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान  / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतवार प्रधानमन्त्री नियुक्त भएका छन् । १६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई बहुमतको प्रधानमन्त्री नियुक्त गरेकी छिन् । यो सँगै तीन पटक प्रधानमन्त्री बनेका छन् । प्रचण्ड पहिलो पटक २०६४ सालमा प्रधानमन्त्री बनेका थिए । संविधानसभाको पहिलो निर्वाचनपछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुन सफल भएका थिए । तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटुवाल काण्डमा प्रचण्डले नौ महिना पुग्दा नपुग्दै राजीनामा दिन बाध्य भए । त्यसपछि वि.सं. २०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा भएपछि प्रचण्ड दोस्रो कार्यकाल प्रधानमन्त्री हुन सफल भएका थिए ।


२०७३ साल साउन १९ गतेदेखि २०७४ साल जेठ २३ गते झण्डै १० महिना प्रधानमन्त्री हुने अवसर पाएका थिए ।
पहिलो संविधान सभा चुनावमा रोल्पा २ र काठमाडौँ १० बाट प्रत्यक्ष निर्वाचित हुन सफल भए । दोस्रो संविधान सभा चुनावमा काठमाडौँ १० बाट पराजित भए भने सिराहा–५ बाट निर्वाचित हुन सफल भए । २०७४ सालको चुनावमा चितवन ३ बाट र ०७९ सालको निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका हुन् ।नेपाली काँग्रेससँग गठबन्धन गरेर चुनाव लडेको माओवादी केन्द्रले सरकार गठनमा भने गठबन्धन तोड्दै सरकारका लागि नेकपा एमालेसँग सहकार्य गरेर्र अन्य दलको समेत समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।

प्रचण्ड प्रधानमन्त्री भएसँगै नेपाली काँग्रेसलाई ठूलो धक्का लागेको छ । ठूलो दल भएर पनि नेपाली काँग्रेस सरकारमा जान सकेन केन्द्रमा सरकार बनेसँगै यसको प्रभाव प्रदेशमा समेत हुने देखिएको छ । पछिल्लो समय बनेको समीमरणले प्रदेश १ मा समेत नेकपा एमालेको नेतृत्वको सरकार बन्ने संकेत देखिएको छ । प्रधानमन्त्रीमा नियुक्ति भएसँगै प्रचण्डले पद तथा गोपनीयताको शपथ सोमवार दिउँसो ४ बजे गर्ने जनाइएको छ ।

 नेकपा एमाले संसदीय दलको नेतामा कार्की चयन

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् । संसदीय दलको आइतबार बसेको बैठकले कार्कीलाई निर्विरोध निर्वाचित गरेको हो ।
प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीका अनुसार तिलकुमार मेन्याङ्बोको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की निर्विरोध नेता निर्वाचित भएका हुन् । यसअघि मेन्याङ्बो पनि दलको नेताको दाबेदार थिए । उनकै समर्थन झापा ५ (क) बाट दोस्रो पटक निर्वाचित कार्की दलको नेता बनेका हुन् ।प्रदेश १ प्रदेशसभा सदस्यहरूको शपथग्रहण ११ गतेका लागि तोकिएको छ । शपथग्रहण अगाडि एमालेले संसदीय दलको नेता चयन गरेको हो ।एमाले बाहेक अन्य दलको संसदीय नेता चयन भएको छैन ।

प्रदेश १ मा एमालेको सरकार बन्ने संकेत

केन्द्रमा नेकपा एमाले, माओवादीसहितका दललको सहमतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने पक्का भएसँगै प्रदेश १ मा एमालेको नेतृत्वमा सरकार बन्ने संकेत देखिएको छ । यसै विषयमा संसदीय दलमा निर्वाचित बनेका हिकमत कार्कीले समेत प्रदेश १ मा एमालेको नेतृत्वमा सरकार बन्ने देखिएको बताएका छन् ।नेकपा एमालेले प्रदेश १ संसदीय दलका नवनिर्वाचित नेता हिक्मतबहादुर कार्कीले नयाँ राजनितिक घटनाक्रमले एमालेको नेतृत्वमा प्रदेश सरकार बन्ने देखाएको बताएका हुन् ।


राष्ट्रिय राजनीतिको घटना क्रमले प्रदेश १ मा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको उनले बताए । संसदीय दलको नेता चयन भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता कार्कीले भने, ‘केन्द्रको समीकरणले प्रदेश १ को ठूलो दल एमाले भएकाले एमालेकै नेतृत्वमा सरकार बन्छ ।’
उनले वार्ता शुरु गर्ने समेत बताएका छन । नेकपा एमालेले प्रदेश १ को सरकार गठनका लागि अन्य दलसँग वार्ता र सम्वाद गर्न समिति बनाएको छ । उनले प्रदेशको नामकरण समेत छिटै सहमतिका आधारमा टुग्याउने बताएका छन ।

एमालेले प्रदेश १ संसदीय दलका नेता हिकमत कार्कीको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिका सदस्यहरूमा तिलकुमार मेन्याङ्बो, रेवतीरमण भण्डारी, सिर्जना राई र लिलाबल्लभ अधिकारी छन् । प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ सिट जितेको छ । एमाले प्रदेशसभामा सबैभन्दा ठूलो दल हो

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved