पहिचान पुरस्कार दुई कृतिलाई प्रदान गरिने

  • पुष ९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / यस वर्षको पहिचान पुरस्कार अनुसन्धानमूलक कृति ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ र ‘गुरु’ उपन्यासलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।
२०७८÷२०७९ को पहिचान पुरस्कार यी दुई कृतिलाई प्रदान गरिने पहिचान पुरस्कार कोषले शनिबार विज्ञप्तिमार्फत् जनाएको हो । ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ अर्जुनबाबु माबुहाङ र अमित थेबे मिहाङले सङ्कलन र सम्पादन गरेको कृति हो भने ‘गुरु’ कविता राईको कृति हो ।

तेह्रथुमको लालीगुराँस नगरपालिकाका नगर प्रमुखसमेत रहेका माबुहाङ लिम्बू जातिका विषयमा खोज–अनुसन्धान गर्छन् । उनी मुन्धुम दर्शनका अध्येता हुन् । सोही कृतिका अर्का स्रस्टा मिहाङ हाल रोजगारीका लागि बेलायतमा छन् । उनी कवि, पत्रकार तथा सामाजिक–सांस्कृतिक अभियन्ता हुन् । प्रस्तुत कृति ऐतिहासिक लेखोटहरूको सङ्कलन र तिनको व्याख्या हो । मातृभाषा र लिपिको संरक्षणमा योगदान दिने यो ऐतिहासिक दस्तावेज पनि हो ।

गुरुकी स्रस्टा राई शिक्षक हुन् । भोजपुरको एक विद्यालयमा शिक्षण गर्ने उनी कविता र आख्यानमा कलम चलाउँछिन् । माओवादी जनयुद्धलाई पृष्ठभूमि बनाएर लेखिएको पुरस्कृत उपन्यासमा पूर्वी पहाडदेखि पश्चिम लमजुङको दुरा डाँडासम्मको कथा र अनेक पात्रहरू जोडिएका छन् । आगामी चैत ४ गते भोजपुरको चखिया डाँडामा समारोह आयोजना गरी पुरस्कार वितरण गरिने पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङ राईले जनाए । गत साल पनि चखियामा चैत ४ गते नै यो पुरस्कार प्रदान गरिएको थियो । भोलिपल्ट एकदिने ‘काव्य मुन्दुम पदयात्रा’ पनि आयोजना गरिने कोषका बोर्ड अध्यक्ष प्रकाश राई प्राणले बताए ।

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved