चर्को ब्याजदरका विरुद्ध व्यवसायी धर्नामा

  • पुस ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ \ निर्वाचनका कारण केही दिन आन्दोलन रोकिएको आन्दोलन व्यवसायीहरुले पुनः थालेका छन् । विगतदेखि नै राष्ट्र बैंकले लिएको चर्को व्याजदरका विरुद्ध आन्दोलनम उत्रिएिका उनीहरुले निर्वाचनका समयमा केही समय रोकेका थिए । पुन ः विहीबारबाट उनीहरुले आन्दोलनलाई निरन्तता दिएका हुन् । विहीबारबाट शुरु गरिएको आन्दोलन अन्गर्तत पहिलो दिन व्यवसायी तथा उद्योगीहरुले विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडी धर्ना दिएका छन् ।

उनीहरु संंयुक्त रुपमा आन्दालित बनेका हुन् । विहीबार भएको धर्ना कार्यक्रममा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा तीन दर्जन बढी बस्तुगत विभिन्न संघसंस्थाको सहभागितामा राष्ट्र बैंकको कार्यालयमा धर्ना दिएका हुन् ।

उनीहरूले बिहान साढे ९ बजे मोरङ व्यापार संघबाट¥याली निकालेका थिए । ¥यालीले बजार परिक्रमा गरेर १० बजेदेखि ४ बजेसम्म राष्ट्र बैंकको कार्यालय अगाडी धर्ना दिएका थिए ।
माग पूरा नहुन्जेल चरणवद्ध आन्दोलन गर्ने उनीहरुले बताएका छन् । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले राष्ट्र बैंक घेराउ र धर्नाको कार्यक्रम माग पुरा नभएसम्म जारी रहने बताए ।
उनले भने– ‘राष्ट्र बैंकको मौद्रिक नीतिका कारण नेपालका व्यवसायी धरासायी बनेका छन्, ,अहिले १६ प्रतिशत पुगिसकेको ब्याजदर एकल अंकमा नआएसम्म, स्प्रेडदरलाई ४.४ बाट घटाएर २ प्रतिशतमा नझारेसम्म, संस्थागत निक्षेपको ब्याजलाई २ प्रतिशत नबनाएसम्म र चालु पुँजी कर्जा निर्देशिका खारेज नगरिएसम्म आन्दोलन राकिदैन ।’

उनले बन्द हडतालमा उत्रनु रहर नभई बाध्यता भएको बताए । उनले भने, ‘हामी रहरले हैन बाध्यताले आन्दोलनमा उत्रिएका हौै, राष्ट्र बैंकले अचाक्ली बढाएको ब्यादरका विरुद्धमा हामी आन्दोलित भएका हौंै, यसलाई समायोजना नभएसम्म हाम्रो आन्दोलन रोकिदैन ।’

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले राष्ट्र बैंकले खुल्ला अर्थनीतिका नाममा नेपालका वाणिज्य बैंकलाई सामन्त बनाइरहेको आरोप लगाए । अध्यक्ष घिमिरेले राष्ट्र बैंककै आडमा व्यापारिक बैंकहरू मनपरि गरेको टिप्पणी गरे । उनले भने–‘ अहिलेको परिस्थिति सिर्जना गर्ने काम सरकार र राष्ट्र बैंक दुवै जिम्मेवार छन् ।’

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षामा स्प्रेड दर ४ प्रतिशत बनाउने भनिए पनि त्यसलाई कार्यान्वयन नगरिएको बताए । वरिष्ठ उपाध्यक्ष मुरारकाले ब्याज घट्न नदिने ठुलो खेलाडी राष्ट्र बैंक भएको दाबी गर्दै स्प्रेड दर ४ प्रतिशत बनाउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरे ।

उनले देशैभरका व्यवसायीले चालु पूँजी कर्जा निर्देशिकाको विरोध गरिरहेको उल्लेख गर्दै यस निर्देशिकाले देशको अलिअलि बचेको उद्योग व्यवसायलाई पनि धराशायी बनाउने दाबी गरे । उनले भने–‘राष्ट्र बैंकको नीतिको कारण उद्योगी व्यवसायी टिक्नै नसक्ने अवस्थामा पुगेका छन्, यसलाई सच्याउनुपर्छ ।’

मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले चर्को ब्याजदर कायम गरेर राज्यले उद्योगी व्यवसायीहरू ढाँड सक्ने काम गरेको बताए । उनले राज्यको अर्थतन्त्रमा नीजि क्षेत्रको ठूलो भूमिका रहेको बताउदै अहिले नीजि क्षेत्रलाई नै धरासयी बनाउनु जायज नभएको बताए । उनले भने ‘राज्यले उद्योगी, व्यवसायीहरू चाँहिदैन जस्तो गरी हाम्रो मागलाई सुनवाइ गरेको छैन,’ उनले भने, ‘राष्ट्र बैंकको नीतिको कारण अहिले उद्योगधन्दाहरू धराशायी भएको छ ।’ चर्को ब्याजदर तत्काल घटाएर एकल अंकमा नल्याएसम्म आन्दोलन नरोकिने उनले बताए ।

अटोमोवाईल्स एसोसिएसन नेपाल प्रदेश १ का सचिव मनोज विक्रम शाहले उद्योगी व्यवसायीहरूले कोरोनाका कारण समस्यामा परेका उद्योगी व्यवसायीलाई सहयोग गर्नुपर्नेमा राज्यले व्यवसायी नै विस्थापित हुने तरिकाले ब्याजदर बढाएको बताए ।

उनीहरुले शुक्रवार पनि नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालयको प्रवेशद्वारमा धर्ना दिने कार्यक्रम राखेका छन् । पाँच सुत्रीय माग राखी आन्दोलनमा उत्रिएका उनीहरुले चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने उनीहरूको पहिलो माग छ । चालु पुँजी कर्जा २५ प्रतिशतमा सीमित राख्ने निर्देशिकाले आफूहरू मारमा परेको उद्योगीको भनाइ छ ।

१० औें बास्केटवल ट्य ...

धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटव ...

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved