तोरीबारीको अध्यक्षमा सिग्देल

  • पुस ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र / तोरिबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बराहक्षेत्र १ को अध्यक्षमा डम्बरप्रसाद सिग्देल तेस्रो कार्यकालका लागि बिजयी बनेका छन् ।
आफ्ना निकटतम प्रतिद्धन्द्धी कृष्णप्रसाद कट्टेललाई फराकिलो मतान्तरले पछि पार्दै सिग्देल विजयी भएका हुन् ।
सिग्देलले कट्टेललाई ३ सय २१ को मतान्तरले पराजित गरेका हुन ।

निर्वाचन समितिका संयोजक ज्ञानबहादुर पाण्डेका अनुसार सिग्देलले ६ सय २ मत र कट्टेलले २ सय ८१ मत मात्र प्राप्त गरेका थिए । १४ सय १५ खानेपानीको उपभोक्ता रहेको समितिमा ९ सय २९ उपभोक्ताले मतदान गरेका थिए ।

त्यस्तै सदस्य भूगोल वडा नं. १ तर्फबाट मदनबहादुर बस्नेत (राजन) र वडा नं. २ भूगोल तर्फबाट चन्द्रबहादुर मगर (अनिल) विजयी भएका छन् । यता महिला सदस्यतर्फबाट गोमादेवी न्यौपाने, रेणुकुमारी तिमल्सिना र बिना राई विजयी भएका छन् ।

खुल्ला सदस्य पदमा राजु कार्की, दीपक कोइराला र विनोद गुरागाईँ विजयी भएका छन् भने लेखा संयोजक पदमा दीपक कार्की विजयी भएका हुन ।
सिग्देल समूह र कट्टेल समूह गरेर प्यानल बनाएर निर्वाचन भएको खानेपानी उपभोक्ता समिति कार्यसमितिमा अधिकांश सिग्देल प्यानलका सदस्य विजयी भएका छन् । अध्यक्ष सहित ९ जना कार्य समिति र एक जना लेखा संयोजक पदमा भएको निर्वाचनमा भौगोलिक सदस्य वडा नं.२ बाट मगर र खुल्ला सदस्यबाट निर्वाचित कोइराला र महिला सदस्य राई बाहेक अन्य सम्पूर्ण सिग्देल समूहबाट निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्ष, सचिव,सहसचिव र कोषाध्षक्ष पद भने नव निर्वाचित कार्यसमितिको बैठकले निर्वाचित सदस्यबाट जिम्मेवारी दिने निर्वाचित अध्यक्ष सिग्देलले जानकारी दिएका छन् ।
निर्वाचित भएपश्चात सिग्देल आफूले अल्पकालीन र दीर्घकालीन योजना अनुसार काम गर्ने प्रतिक्रिया दिएका छन् ।

उनले अल्पकालिन अन्र्तगत २ वोरिङ सम्पन्न गर्ने, खानेपानी ट्याङ्कीमा कम्पाउण्ड वाल लगाउने र त्याहाँभित्र सहिद पार्क निर्माण गर्ने योजना रहेको वताए ।

त्यसैगरी दीर्घकालिन योजना अनुसार पानी नभएको क्षेत्रमा खानेपानी विस्तार गर्ने, वजारमा एरियामा खानेपानीको पाइप सडका दुइछेउबाट विस्तार गर्ने, पानीको गुणस्तर शुद्धीकरणका लागि पानी प्रशोधन केन्द्र स्थापना गर्ने, खानेपानी उत्पादनको क्षमतालाई वृद्धि गर्ने तथा उपभोक्ताले खानेपानीको विल घरमै वसेर अनलाईन मार्फत तिर्ने व्यवस्था गर्ने रहेको छ ।

१० औें बास्केटवल ट्य ...

धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटव ...

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved