शिक्षाध्यक्षमा प्रा.डा शर्मा

  • पुष ८, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरान स्थित बीपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको शिक्षाध्यक्षमा इन्टनरनल मेडिसिन विभागका प्रा.डा सञ्जिवकुमार शर्मालाई नियुक्ति गरिएको छ ।

प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनालको असोज ६ गते नै पदावधि समाप्त भएको थियो । प्रा.डा. खनालको पदावधि समाप्त भएपछि प्रतिष्ठानको शिक्षाध्यक्ष पद रिक्त रहेको थियो । सोही स्थानमा मंसिर ७ गते प्रा.डा शर्मालाई नियुक्ति गरिएको हो ।

प्रतिष्ठानको ऐन, २०४९ को दफा ११ (ग) (१) बमोजिम प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको सिफरिसमा प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ्गले प्रा.डा. शर्मालाई नियुक्ति गरेका हुन् । शिक्षाध्यक्ष प्रा.डा शर्माको कार्यकाल ५ वर्षको हुनेछ । यस अघि प्रा.डा.खनालको पदावधि सकिएपछि डीन, परीक्षा, प्रा.डा.श्याम थापा क्षेत्रीले निमित्त शिक्षाध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

यसैगरी प्रतिष्ठानको ऐन, २०४९ को दफा ७ को उप(दफा (१) (ध) बमोजिम प्रतिष्ठानका शिक्षकहरुमध्यबाट उपकुलपतिको सिफारिसमा सहकुलपतिले स्कूल अफ पब्लिक हेल्थ एण्ड कम्यूनिटी मेडिसिनका प्रा.डा.निलाम्बर झा तथा माइक्रोबायोलोजी विभागका प्रमुख डा.नारायण राज भट्टराईलाई संचालक परिषद् सदस्यमा मनोनित गरिएको छ ।

मनोनित भएका प्रा.डा.झा तथा डा.भट्टराईको कार्यकाल ४ वर्षको रहनेछ ।

नरसिंह मन्दिर जग्गा ...

धरान/ नरसिंह भगवान मन्दिरको जग्गा धरान ६ स्थित पानबारीक ...

बेपत्ता श्रीमान २० व ...

मोरङ/ दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका ...

सेवा बिस्तार गर्दै च ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाको वडा नं २ लाई ...

कमिसनको खेलले करोडौ ...

बेलबारी/ मोरङको बेलबारी र कानेपाखरी गाउँपालिका भएर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved