स्पार्क हस्पिटल सातौँ वर्षमा प्रवेश

  • पुस १०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /  विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटल सातौ बर्षमा प्रवेश गरेको छ ।
बार्षिकोत्सवको अवसरमा अस्पितालले विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको छ ।

सातौँ बार्षिक उत्सवको अवसरमा हस्पिटलले पुस १० गते विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । हस्पिटलका अनुसार पुस १० गते अस्पताल परिसरमा निःशुल्क स्वास्थ्य शिविर र वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो । हस्पिटलका मिडिया कोडिनेटर रुपेश अधिकारीले बिहान ९ देखि साँझ ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने बताउदै शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण हुने बताए ।

शिविरमा प्यारालाइसिस, हड्डी खिइएको, नशा च्यापिएको, बाथ, युरिक एसिड बढेर हुने दुः खाई, घुँडा जोर्नीहरू दुख्ने, गर्दन, ढाड एवं कम्मर दुख्ने, डिस्क प्रोल्याप्स, शरीर पोल्ने, झमझमाउने, लाटो हुने, मुख बाङ्गिएको, स्पोर्टस् इन्जुरी, हड्डी भाँचिएपछि चाहिने रिह्याबिलिटेशन र अन्य हाड जोर्नी तथा नशासम्बन्धी रोगहरू उपचार हुनेछ ।

शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट निःशुल्क जाँच हुनुको साथै शिविरमा आउने बिरामीलाई आवश्यक औषधी पनि निःशुल्क वितरण हुनेछ । दुर्गम क्षेत्र तथा ६० वर्ष माथिका बिरामीलाई २५ प्रतिशत छुट, शिविरमा जाँच गरिएका बिरामीलाई उपचारमा २० प्रतिशत छुटको व्यवस्था र भर्ना गर्नु पर्ने बिरामीलाई बेड तथा उपचारमा ३० प्रतिशत छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ ।
विशेषज्ञ चिकित्सकहरू उपचार हुँदै आएको स्पार्कमा बिना अपरेशन हानी रहित प्रविधिबाट उपचार गर्दै आएको छ ।

सातौँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम पनि पुस १० गते राखेको हस्पिटलले जनाएको छ । रक्तसञ्चार केन्द्रमा रगत अभाव भइरहेको अवस्थामा रगत नपाएर कोही पनि बिरामीले मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रम पनि गरिएको हस्पिटलले जनाएको छ । प्रत्येक वार्षिकोत्सवमा हस्पिटलले विभिन्न सामाजिक कार्यसँगै बिरामी मैत्री सेवाहरू प्रदान गर्दै आएको छ ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved